अन्ततः पूरा भयो नेयमारको चाहना !

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारको चाहना पूरा भएको छ। अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेसँगै ब्राजिलका खेलाडी नेयमारको चाहना पूरा भएको हो।

ब्राजिलले सोमबार भएको सेमिफाइनलमा पेरुलाई हराउँदै फाइनलमा स्थान पक्का गरेपछि नेयमारले फाइनलमा अर्जेन्टिनाको सामना गर्न चाहेको बताएका थिए।

मिफाइनल अगाडी मात्र नेयमारले मेस्सीको अर्जेन्टिनासंग फाइनल खेल्ने इच्छा जाहेर गरेका थिए। बुधबारको जितसँगै अर्जेन्टिना फाइनल प्रवेश गरेसँगै नेयमारको उक्त चाहना पूरा भयो।

“अर्जेन्टिनासँग फाइनल खेल्न चाहन्छु । म सेमिफाइनलमा उनीहरुको लागि नै समर्थन गर्नेछु। अर्जेन्टिनामा मेरो साथीहरु छन् । तर फाइनल भने ब्राजिलले नै जित्नेछ ।”,नेयमारले भनेका थिए।

बुधबार कोपा अमेरिका २०२१ अन्तर्गतको सेमिफैनाला खेलमा अर्जेन्टिना विजयी भयो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा गोलरक्षक इमिलियानो मार्टिनेज टाइब्रेकरमा नायक बने।

मार्टिनेजले तीन पेनाल्टी बचाएपछि अर्जेन्टिनाले कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्न सफल रह्यो। गोलरक्षक मार्टिनेजले डाभीन्सन सान्चेज, येरी मिना र एडविन कार्डोनाको प्रहार विफल पारेका थिए। अब फाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्ने छन्। अब विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी, नेयमार र लिओनेल मेस्सी आमनेसामने हुनेछन्।

प्रकाशित : बुधबार, असार २३, २०७८११:४१

मेस्सी भर्सेस नेइमार: दुई घनिष्ट मित्रमा कसले मार्ला त बाजी ? मेस्सीले जित्लान् त पहिलो अन्तराष्ट्रिय उपाधि ?