यी हुन् शरिरको सुगर लेवल नियन्त्रण गर्न मद्धत पुर्याउने यी घरेलू उपाएहरु – जानी राखौ

आजभोली संसारका प्राय: व्यक्तिहरुले सुगर अर्थात् डायबिटीजको समस्याको सामना गर्नुपरेको देख्न सकिन्छ। डायबिटीजको मुख्य कारण शरिरमा चिनीको मात्रा धेरै र शरिरको रोग प्रतिरोधक क्षमता कम हुनु हो। शरिरमा रोग प्रतिरोधक क्षमता कम हुँदा विभिन्न रोगहरुको संक्रमण वा जोखिम उच्च रहने गर्छ र उक्त व्यक्ति एकै वर्षमा धेरै पटक बिरामी पर्ने गर्छ। सुगर, यस्तो डरलाग्दो रोग हो कि एकपटक देखिएपछि यो समस्याले जीवनभर घेर्ने गर्छ। आज हामी तपाईहरुलाई यस्तो केही चिजहरुको बारेमा बताउन जाँदै छौँ जुन खाने गर्दा सुगर लेबल केही मात्रामा कम हुँदै जाने गर्छ।

घिउकुमारीलाई बीचबाट भाँचनुहोस् र यसबाट निस्किएको रस वा जेली खाने गर्नुहोस्। यसरी दैनिक जस्तो घिउकुमारीको रस खाँदा विहान खाली पेटमा खानु बढी फाइदाजनक हुने गर्छ।

आलसमा पाईने फाईबरको मात्राले हाम्रो पाचन प्रणालीमा सहयोग पुग्नुको साथै खाएका कुराहरु सजिलै पच्ने गर्छ। यसले शरिरमा अधिक मात्रामा हुने फ्याट र सुगरलाई नियन्त्रण गर्न सहयोग पुर्याउछ। मानव शरिरमा हुने सुगर लेवल नियन्त्रण गर्न आलस सेवन गर्नु धेरै फाइदाजनक रहने गर्छ। तपाईको शरिरको सुगर लेवल नियन्त्रण गर्नका लागि हरेक दिन आलसलाई धुलो बनाएर एक गिलास पनिमा मिलाई पिउने गर्नुहोस्।

करेला ,सुगरका बिरामीहरुका लागि निकै फाइदाजनक हुने गर्छ। विहान उठ्ने बितिकै करेलाको जुस बनाएर खाने गर्दा सुगर लेवल कम गर्न मद्धत गर्छ। करेलाको जुस धेरै तितो वा कडा भएमा थोरै पनि मिसाएर समेत खान सकिन्छ। अझ करेला र घिउकुमारीको जुस मिलाएर खाँदा सुगरका बिरामीहरुलाई धेरै फाइदाजनक हुन्छ।

निमको पातले पनि मानव शरिरमा इन्सुलिन निर्माण गर्न मद्धत गर्नुको साथै सुगर लेवल घटाउन सहयोग पुर्याऊछ। विहान उठ्नासाथ खाली पेटमा निमको पात चपाउने गर्दा सुगर लेवल नियन्त्रणमा ठूलो मद्धत पुग्ने गर्छ।

प्रकाशित : बुधबार, साउन २९, २०७६१४:०८

सहवासको समयमा जति नै सावधानी अपनाउँदा पनि यी ४ रोगबाट बच्न मुस्किल! के-के हुन?