गर्भावस्थाको अन्तिम पलमा प्रियंका, नयाँ मान्छेलाई स्वागत गर्न आतूर ! [तस्विर सहित]

काठमाडौँ – नायिका प्रियंका कार्की छिट्टै नै आमा बन्दैछिन्। गर्भवती भएको घोषणा गरेदेखि नै प्रियंका लगातार चर्चामा छिन्। गर्भवती भएपश्चात अभिनय देखि टाढा रहेपनि उनको चर्चा कम भने भएको छैन।

गर्भावस्थामा प्रियंका सामाजिक संजालमा झनै सक्रिय भएकी छन्। प्रियंकाले बेबी बम्प सहितका तस्विरहरु सामाजिक संजालमा नियमित जस्तै अपलोड गर्ने गरेकी छन्। तस्विरहरुका कारण प्रियंकाको आलोचना र प्रशंसा दुवै हुने गरेको छ।

पछिल्लो पटक प्रियंकाले पुनः बेबी बम्प सहितका तस्विरहरु सार्वजनिक गरेकी छन्। प्रियंकाले सोमबार मात्र केहि तस्विर सार्वजनिक गरेकी हुन्।

तस्विर सार्वजनिक गर्दै प्रियंकाले गर्भावस्थाको अन्तिम समयमा रहेको संकेत पनि गरेकी छन्। त्यस्तै अर्को एक पोस्टमा प्रियंका आफ्ना केटी साथीहरुसंग मस्ती गर्दै देखिएकी छन्।

प्रियंकाले डेढ बर्ष अगाडि मात्रै नायक आयुष्मान देशराज जोशीसंगको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी थिइन् भने गतवर्ष आफू आमा बन्न लागेको घोषणा गरेकी थिइन्।

तस्विर: प्रियंकाको इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१०:१६

गर्भवती प्रियंकालाई प्रश्न: डायनासोर कहिले जन्मिन्छ प्रियंका दिदि ? ऋचाको भने तारिफ !