गर्भवती प्रियंकालाई प्रश्न: डायनासोर कहिले जन्मिन्छ प्रियंका दिदि ? ऋचाको भने तारिफ !

नेपाली चलचित्र क्षेत्रका दुई अभिनेत्री ऋचा शर्मा र प्रियंका कार्की छिट्टै नै आमा बन्दैछन्। केहि दिनको अन्तरालमा दुबै अभिनेत्रीले सामाजिक सञ्जाल मार्फत आफू गर्भवती रहेको खुलासा गरेका थिए। पहिले प्रियंकाले आफ्नो इन्स्टाग्राम मार्फत आफू आमा बन्न लागेको खुसी आफ्ना फ्यान्स माझ साझा गरेकी थिइन्।

त्यसको हप्ता दिनपछि नै ऋचाले पनि इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन्। यी दुई अभिनेत्री बीच फरक यो रह्यो कि प्रियंकाले आफू आमा बन्न लागेको पल निकै धुमधामसँग मनाइरहेकी छिन् र सामाजिक सञ्जालमा सबै माझ साझा गरिरहेकी छिन् भने ऋचा शर्माले त्यति तडक-भडक नगरी आफ्नो व्यक्तिगत जीवन रमाईरहेकी छिन्।

प्रियंका कार्कीले केहि अगाडी मात्र बेबी सावर गरेकी थिइन्। उनले उक्त तस्बीर सामाजिक सञ्जालमा पनि साझा गरेकी छिन्। जसमा थुप्रै नकारात्मक कमेन्ट पनि आएका छन्। केहि मानिसले उनलाई आफ्नो संस्कार बिर्सिंदै गएको आरोप लगाएका छन् भने एकले त लेखेका छन्,”दिदी, हजुरले डायनासोर जन्माउने शुभ साइत कहिले हो ?”

ऋचाले भने केहि समय पहिले मात्र इन्स्टाग्राममा आफूले जज गरिरहेको शो कमेडी च्याम्पियनको सेटको फोटो साझा गरेकी थिइन्। जसमा उनले सबैको माया पाउनुका साथै सकारात्मक कमेन्ट गरेका छन्। एकले ठट्टा गर्दै लेखेका छन्,”ऋचाको बच्चाले पेट भित्र नै कमेडी सिक्ने भयो।” त्यस्तै, कसैले भने लकडाउनले ऋचाको भुँडी ठुलो भएको भनेका छन्।

आमा बन्न लागेका दुबै नायिकालाई शुभकामना।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८११:४९

गर्ल ग्याङ्गसँग प्रियंकाको मस्ती, स्वीमिङपुलमा यति रमाइन् ! [तस्विर सहित]