गर्ल ग्याङ्गसँग प्रियंकाको मस्ती, स्वीमिङपुलमा यति रमाइन् ! [तस्विर सहित]

काठमाडौँ – नायिका प्रियंका कार्की लगातार चर्चामा छिन्। आफू गर्भवती भएको घोषणा गरेदेखि नै प्रियंका चर्चाको केन्द्र बनिरहेकी छन्। गर्भवती भएका कारण अभिनय देखि टाडा रहेपनि प्रियंका सामाजिक संजालमा भने धेरै नै सक्रिय छिन्।

प्रियंका नियमित जस्तै सामाजिक संजालमा तस्विर तथा भिडियो पोस्ट गर्दै आएकी छन्। यसै कारणले गर्दा उनको पल-पलको अपडेट उनका प्रशंसकहरुलाई हुन्छ।

पछिल्ला केहि महिनाहरुलाई हेर्ने हो भने प्रियंका गर्भवती भएपश्चात पहिला भन्दा बढी सामाजिक संजालमा सक्रिय भएकी छन्। धेरै जसो इन्स्टाग्राममा तस्विरहरु अपलोड गर्ने उनको चर्चा मात्र नभई आलोचना पनि हुने गरेको छ।

यसै बीच मंगलबार मात्रै प्रियंकाले गर्ल ग्याङ्गसँगका तस्विरहरु सार्वजनिक गरेकी छन्। तस्विरमा आफ्ना साथीहरुसँग प्रियंका स्विमिङ पुलमा मस्ती गर्दै देखिएकी छन्। प्रियंकाको गर्ल ग्याङ्गमा सहाना बज्राचार्य र मेकअप आर्टिस्ट लेमी समेत देखिएका छन्। तस्विरमा देखिने सबै स्विमसुटमा छन्।

सोमबार पनि प्रियंकाले गर्ल ग्याङ्गसँगका तस्विरहरु सार्वजनिक गरेकी थिइन्। उक्त तस्विरमा सबै गाउनमा देखिएका थिए। त्यहाँ पनि सहाना बज्राचार्य र मेकअप आर्टिस्ट लेमी लगायत थिए।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१५:३६

प्रियंकाका तस्विरमा गालीको वर्षात: भयो दिदी दिक्क नबनाउनुस्, अब पाइदिनुस् भन्दै गरियो मजाक