प्रियंकाका तस्विरमा गालीको वर्षात: भयो दिदी दिक्क नबनाउनुस्, अब पाइदिनुस् भन्दै गरियो मजाक

काठमाडौँ – नायिका प्रियंका कार्कीले मंगलबार बिहान मात्रै केहि तस्विर इन्स्टाग्राममा पोस्ट गरिन्। तस्विरमा उनी मात्र नभई उनको गर्ल ग्याङ्ग पनि सँगै थियो। गर्ल ग्याङ्गका सबै जना स्विमसुटमा देखिएका थिए।

प्रियंकाका पोस्ट गरेका ती तस्विरहरुमा कमेन्टको वर्षात नै भएको छ। तस्विर अपलोड भएको ४ घण्टा बित्दा-नबित्दै ३ सय भन्दा बढी कमेन्ट  आइसकेका छन्। कमेन्ट गर्ने धेरैले प्रियंकाको आलोचना गरेका छन्।

दिनहुँ बेबी बम्ब सहितका तस्विर पोस्ट गरेर आफूहरुलाई दिक्क बनाएको धेरैको कमेन्ट छ। त्यसमध्ये केहिले प्रियंकाको नाटक धेरै भएको टिप्पणी समेत गरेका छन्।

एक इन्स्टाग्राम प्रयोगकर्ता प्रियंकाको तस्विरमा कमेन्ट गर्छन्,”बाच्नु पर्छ के के देखिन्छ ! नाैटङ्की” अर्का एक थप्छन्,”भयो दिदी अब पुग्यो, छिटो बच्चा जन्माइदेउ।”

त्यस्तै केहिले विश्वकै पहिलो गर्भवती महिला भन्दै समेत प्रियंकाको खिल्ली उडाएका छन्। एकजना प्रियंकाको तस्विरमा कमेन्ट गर्छन्,”विश्वकै पहिलो गर्भवती महिला” अर्का लेख्छन्,”विश्वका अरु महिला गर्भवती भएका हैनन् र ?

साथै केहिले प्रियंकालाई केहि सुझाव पनि दिएका छन्। तस्विरमा सबै राम्रो देखिएको भएपनि परम्परा संस्कृतिको केहि ख्याल राखेको भए हुने भन्ने केहिको टिप्पणी छ।

“राम्रो त सबैलाई देखिएको छ, प्रियंका बहिनीलाई पनि सार्है सुहाएको छ। तर चिन्ताको विषय आउँदो दिनमा यस्तै सिको गरेर सामाजिक संजालमा पोस्ट गर्नेको ताँती नहोला भन्न सकिन्न……हाम्रो परम्परा संस्कृति कता जादैछ ? बच्चा पाउनु र पेट देखाउनु फेसन नबनोस् यहि शुभकामना !”,एक इन्स्टाग्राम प्रयोगकर्ता लेख्छन्।

प्रियंकाको तस्विरमा नकारात्मक टिप्पणी भएपछि केहि प्रियंकाको बचाउमा पनि देखिएका छन्। जसमध्ये केहिले आफू सभ्य कमेन्ट नगर्ने तर अरुलाई सभ्य बन्न सिकाउने भन्दै नकारात्मक टिप्पणी गर्नेहरुको आलोचना गरेका छन्।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१६:४०

फिल्ममा काम दिने भन्दै अश्लिल भिडियो बनाउँथे राज कुन्द्रा, बंगलामा हुने रहेछ सुटिंग !