फिल्ममा काम दिने भन्दै अश्लिल भिडियो बनाउँथे राज कुन्द्रा, बंगलामा हुने रहेछ सुटिंग !

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा लाजमर्दो हर्कत गयराती अगाडी आएको छ, जसको कारण उनलाई पुलिसले गिरफ्तार गरेको छ। पुलिसले आफूसँग राज विरुद्ध पुक्ता सबूत समेत रहेको बताएको छ। राज कुन्द्रा माथि आपत्तिजनक भिडियो बनाएको र त्यसलाई केहि याप मार्फत साझा गरेको आरोप लागेको छ।

मुम्बई पुलिसले यस घटना बारे जानकारी दिँदै बताएको छ कि गत फेब्रुअरीमा मुम्बई क्राइम ब्रान्चमा अ-श्लि’ल फिल्म बनाएको केस दर्ता भएको थियो। जसमा आरोप लगाईएको थियो कि राज कुन्द्रा यस्ता भिडियोहरु बनाएर केहि यापमा साझा गर्छन्। त्यहि समयबाट पुलिसले यो केसको अनुसन्धान सुरु गरेको थियो। यस्तोमा अहिले यस मामिलामा राज कुन्द्राको नाम अगाडी आएको छ। पुलिसका अनुसार यस्तो कामको मुख्य नाइके राज रहेका छन्।

केसको छानबिन गर्दै गर्दा राजको नाम आएको र सबैभन्दा पहिले उनलाई सोधपुछका लागि बोलाइएको थियो। तर पर्याप्त सबूत पाएसँगै पुलिसले यस्तो कार्यमा राजको ठूलो हात रहेको थाहा पाएको बताइएको छ। गत फेब्रुअरी ४ मा छापामारीमा यस गिरोहको भान्डाफोर भएको थियो। यस प्रकारको फिल्म मलाड (वेस्ट), मड क्षेत्रको बंगलामा शूट गरिएको थियो।

केटा-केटीहरूलाई भिडियो बनाएर यस्तो काम गर्न प्रोत्साहित गरिने गरेको पाइएको छ। फिल्मका काम दिने बहानामा यस्ता मानिसलाई फसाएर भिडियो बनाउने गरिन्थ्यो। र यस्ता अ-श्लि’ल भिडियो बनाएर विभिन्न याप मार्फत साझा गरिने गरिन्थ्यो।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८१६:४३

यी अभिनेत्रीले देवीको भूमिका निभाएर बटुले चर्चा, केहिको पूजा समेत गरियो !