पति जेल परेपछि चर्चामा आयो शिल्पाको यस्तो पोस्ट, राज जेल पर्ने पहिले नै थाहा पाएको आशंका !

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा आपत्तिजनक भिडियो बनाएको र त्यसलाई केहि याप मार्फत साझा गरेको आरोपमा पक्राउ परेका छन्। उनीमाथि अ-श्ली’ल फिल्म बनाएको आरोप लागेको छ ।

गत फेब्रुअरीमा मुम्बई क्राइम ब्रान्चमा अ-श्लि’ल फिल्म बनाएको केस दर्ता भएपछि गरिएको अनुसन्धान गर्दा राज विरुद्ध पुक्ता सबूत भएको कारणले नै उनलाई पक्राउ गरेको मुम्बई पुलिसले जनाएको छ। दर्ता भएको केसमा आरोप लगाईएको थियो कि राज कुन्द्रा यस्ता भिडियोहरु बनाएर केहि यापमा साझा गर्छन्। त्यहि समयबाट पुलिसले यो केसको अनुसन्धान सुरु गरेको थियो। यस्तोमा अहिले यस मामिलामा राज कुन्द्राको नाम अगाडी आएको छ। पुलिसका अनुसार यस्तो कामको मुख्य नाइके राज रहेका छन्। राज प्रकाउ परेको आज ४ दिन भइसकेको छ।

राज पक्राउ परेपछि उनकी पत्नी शिल्पा कुन्द्रा पनि अहिले निकै चर्चामा रहेकी छिन्। रियालिटी शो ‘सुपर डान्सर ४’ मा जजको भूमिकामा रहेकी उनी उक्त शोबाट पनि बाहिरिएकी छिन्। यसैबीच उनले राज पक्राउ पर्नु भन्दा केहि दिन अगाडी सामाजिक सञ्जालमा गरेको एक पोस्ट अहिले चर्चामा आएको छ।

उनले आफ्नो इन्स्टाग्राम मार्फत एक भिडियो साझा गर्दै क्याप्सनमा लेखेकी छिन्,”हामीसँग सधैं हाम्रो वरिपरि घटेका घटनालाई परिवर्तन गर्ने शक्ति नहुन सक्छ, तर पक्कै पनि हामी भित्र के भइरहेको छ त्यसलाई नियन्त्रण भने गर्न सक्छौं। यो योगाको मार्फत मात्र सम्भव छ। आफैंलाई दिमाग शान्त गर्ने, अनावश्यक विचारहरू कम गर्ने, तपाईंको भटकिएको ध्यान केन्द्रित गर्ने, र त्रैटक ध्यानमार्फत ध्यान केन्द्रित गर्ने क्षमता दिनुहोस्।”

अहिले राज जेल पर्ने कुरा उनलाई अगाडि नै थाहा भएको हो कि भन्ने प्रश्न आइरहेका छन्।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१३:५५

नयाँ निर्णायक मण्डलका साथ हिट शो ‘नेपाल आइडल’ को चौंथो सिजन छिट्टै सुरु हुने !