नयाँ निर्णायक मण्डलका साथ हिट शो ‘नेपाल आइडल’ को चौंथो सिजन छिट्टै सुरु हुने !

चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन चार छिट्टै सुरु हुने आयोजनले जनाएको छ। जारी वर्षभित्र नै शोको चौथो सिजन सुरु गर्ने गरी तयारी भइरहेको निर्देशक सुरेश पौडेलले बताएका छन्। ‘नेपाल आइडल’ का अघिल्ला ३ सिजन दर्शकले निकै रुचाएका थिए।

यसअघि आयोजक र फ्रेन्चाइज बीच तीन सिजनको मात्र सहमति रहेको थियो। तर चौंथो सिजनको लागि पनि अनुमति प्राप्त भइसकेको कारण अब छिट्टै नै शोको काम सुरु हुने पौडेलले जानकारी दिएका छन्। कोरोना महामारी र फ्रेन्चाइजबाट यसअघि ३ सिजनको लागि मात्र अनुमति पाएको कारणले चौंथो सिजन सुरु हुन ढिला भएको सुरेश बताउँछन्।

अब छिट्टै नै शोको प्रोमो आउट गर्ने बताउँदै निर्देशक पौडेलले यहि वर्ष सबै छायांकन सक्ने योजना रहेको पनि बताएका छन्। त्यस्तै, आउँदो सिजनमा शोका निर्णायक मण्डल पनि परिवर्तन हुने उनले जानकारी दिएका छन्। यसअघि आइडलका जजका रूपमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी रहेका थिए।

हाल यी तीनै जज अन्य कार्यक्रममा व्यस्त भएको र उनीहरुको सम्झौता पनि तीन वर्षको रहेको बताइएको छ। तर चौंथो सिजनमा निर्णय मण्डलमा को-को हुने भन्ने फाइनल भने नभएको सुरेशले बताए। पछिल्लो ३ सिजल निकै हिट भएको नेपाल आइडलको चौंथो सिजनको लागि तपाईं कत्तिको उत्साहित हुनुहुन्छ त ?

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१४:१५

जब राजले भने ‘मलाई गरिबीदेखी घृणा छ, त्यसैले धनि बने’ बुवा लन्डनमा बस कंडक्टर!