जब धर्मेन्द्रले आफ्नै छोरा सनीकी प्रेमिकालाई किस गरे …

एजेन्सी – ७०-८ दशकका प्रसिद्ध अभिनेता धर्मेन्द्र उमेरले ८५ वर्ष लागिसके। जवान हुँदा उनी एक्सन मात्र नभई रोमान्टिक नायकको रुपमा परिचित थिए। यस्तो समय पनि थियो कि उनीसँग कम गर्न हरेक नायिकाहरु चाहन्थे। धर्मेन्द्र त्यससमयमा पर्दामा मात्र नभई पर्दा बाहिरका रोमान्सका कारण पनि चर्चामा रहने गरेका थिए।

एक पटक त उनले आफु भन्दा २१ वर्ष कम उमेरकी नायिकासँग किस सिन दिएर बलिउडमा धमाका नै मच्चाएका थिए। खासमा, किस्सा त्यससमयको हो जब धर्मेन्द्रले २१ वर्ष कम उमेरकी डिम्पल कपडियासँग किस सिन दिएका थिए।

के हो किस्सा ?

डिम्पलले राजेश खन्नासँग विवाह गरेकी थिइन्। विवाह पश्चात केहि समय अभिनयबाट ब्रेक लिएपछि उनी पुनः अभिनयमा सक्रिय भएकी थिइन्। बलिउडमा पुनरागमन गर्दा उनको नाम धर्मेन्द्रका छोरा सनी देवलसँग जोडिन पुग्यो। बताउने गरिन्छ कि, त्यस सबैमा सनी र डिम्पल अफेयरमा थिए। उक्त चर्चाले बलिउडमा हंगामा नै खडा गरेको थियो।

यसै बीच सन् १९९२ मा चलचित्र ‘दुश्मन देवता’ आयो। चलचित्रको मूख्य भूमिकामा धर्मेन्द्र र डिम्पल थिए। चलचित्रमा धर्मेन्द्र र डिम्पल बीचको किसिंग सिन पनि देखाइएको थियो।

डिम्पल छोरा सनीकी प्रेमिका हुन् भन्ने थाहा हुँदा-हुँदै पनि धर्मेन्द्रले किस सिन दिएका थिए। किसिंग सीनलाई लिएर त्यस समयमा ठूलो बखेडा नै खडा भएको थियो। भारतीय मिडियाहरुले चलचित्रको किसिंग सीन तथा सनी र डिम्पलको अफेयरलाई उछालेका थिए।

एक अन्तर्वार्ताका क्रममा डिम्पलले उक्त सिन बारे शुटिंगका क्रममा एक्कासी चलचित्रमा घुसाइएको बताएकी थिइन्। पहिला उनलाई उक्त सिन बारे कुनै पनि जानकारी थिएन। किसिंग सीन खिचेपछि डिम्पलले डबिंग गर्न अस्विकार समेत गरेकी थिइन्।

सनी र डिम्पलले धेरै चलचित्रमा कम गरेका छन्। सनी र डिम्पल बीचको अफेयर चलचित्र ‘अर्जुन’ पश्चात शुरु भएको बताउने गरिन्छ। तर अहिले सम्म दुवैले सो सम्बन्धमा एक शब्द पनि बोलेका छैनन्।

प्रकाशित : आइतबार, साउन १०, २०७८१४:००

प्रियंका कार्कीको असन्तुष्टि: विदेशीको न्यू-ड फोटो देखेर रमाउने मानिस मेरो विरोध गर्दैछन् !