प्रियंका कार्कीको असन्तुष्टि: विदेशीको न्यू-ड फोटो देखेर रमाउने मानिस मेरो विरोध गर्दैछन् !

नायिका प्रियंका कार्की सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनले समय समयमा आफ्नो गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छिन्। गर्भवती भएदेखि नै उनले आफ्नो हरेक पल आफ्ना प्रशंसकलाई खुल्ला रूपमा साझा गर्ने गर्छिन्। सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरू राख्ने गरेकी प्रियङ्का कार्कीले यसलाई ‘नितान्त व्यक्तिगत छनोट’ भन्ने गर्छिन्।

उनका प्राय: जसो तस्बिरले सामाजिक सञ्जालमा हंगामा मच्चाउने गर्छ। कतिपय मानिसले उनलाई नकारात्मक तरिकाले टिप्पणी गरिरहेको पाइन्छ। यसमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गरेको टिप्पणीले पनि एक तरङ्ग ल्याएको थियो। बाबुराम भट्टराईले ट्वीटरमा एक पोस्ट गर्दै लेखेका थिए,”यति गर्न यो यो खानैपर्छ: १.महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक/उन्नत चेतना(गूगल सर्च गरौं);२.युगौदेखिको पितृसत्तात्मक/स्त्रीद्वेषी/रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस;३.ट्विटेलाई इॅटको सट्टा ढुंगा हान्ने आत्मवल!”

भट्टराईले उक्त पोस्ट गरेको भोलिपल्ट नै उनी छोरी मनुसी भट्टराईले आफू गर्भवती हुँदाको तस्बिर हाल्दै एक महिलाले आफू गर्भवती भएको तस्बिर हाल्दा दुनियालाई किन टाउको दुख्ने भनेर नकारात्मक सोच राख्नेप्रति प्रहार गरेकी थिइन्। उनले ट्वीटरमा आफ्नो गर्भवती अवस्थाको तस्बिर पोस्ट गर्दै लेखेकी थिइन्,”एक गर्भवतीले गर्वका साथ पेटको फोटो सार्वजनिक गर्दा किन टाउको दुख्यो? बच्चा पाउने कार्यलाई नै जूठो, अपवित्र मान्ने हाम्रो समाजमा किन नमनाउने यसरी खुशियाली? एक प्रकारको बागी कार्य किन नमान्ने? नेपाली कणहरू सारै रूढीवादी! मेरो सुन्दर कार्य हेर्नु अब”

यसमा प्रतिक्रिया दिँदै कतिपयले विगतमा सुन्दरी प्रतियोगिताको विरोध गर्नेले अहिले गर्भावस्थाको तस्बिर राखेको भन्दै भट्टराईको आलोचना पनि गरेका छन्। तर सुन्दरी प्रतियोगिता र महिलाले आफ्नो गर्भावस्थाको तस्बिर राख्ने विषय फरक भएकोले तुलना गर्ने नमिल्ने मानुसी बताउँछिन्।

केही समयअघि कलाकार सिर्जना सुब्बाले पनि आफ्नो गर्भावस्थाको तस्बिर सार्वजनिक गरेकी थिइन्। त्यतिबेला पनि विभिन्न टिकाटिप्पणी र बहस भएको थियो। आफ्नो गर्भावस्थालाई खुशीयालीको रूपमा मनाउनको लागि आफूहरुले तस्बिर साझा गर्ने गरेको तस्बिर सार्वजनिक गर्ने महिलाहरु बताउँछन्।

हाल निकै चर्चामा रहेकी प्रियंका आफू गर्भवती भएको खुसी अरुसँग साट्न चाहनु वा सार्वजनिक गर्नु कसैको पनि अधिकारको कुरा रहेको बताउँछिन्। त्यस्तै, नकारात्मक टिप्पणीलाई प्रहार गर्दै त्यस्ता सोचलाई पितृसत्तात्मक सोचको उपज भएको उनको भनाई छ। उनले अहिले नेपाली कलाकारले गर्भावस्थामा पेट देखाएर फोटो खिच्दा नकारात्मक सोच्ने मानिस विदेशीले गर्भावस्थामा ‘न्यू-ड फोटोसुट’ गर्दा रमाइलो मान्ने गरेको पनि बताइन्।

प्रकाशित : आइतबार, साउन १०, २०७८१७:५३

दीपकराज गिरीको प्रहार- ‘पहिला कम्यूनिष्ट लेखेर कांग्रेस भएँ, अब कांग्रेस विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो’