सुरु भइसक्यो रोग पञ्चक, तपाईंमा कस्तो प्रभाव रहला ? हेर्नुहोस् !

हिजोबाट पञ्चक सुरु भएको छ । हिजो आइतबारदेखि शुरु भएको यो पञ्चक ३० जुलाई २०२१ बाट समाप्त हुनेछ । आइतबारदेखि सुरु भएको पञ्चलाई रोग पञ्चक भनिन्छ। प्रत्यक पञ्चकको नाम कुन बारबाट शुरु भएको हुन्छ । त्यहि अनुसार नाम पनि फरक फरक हुनेगर्दछ ।

ज्योतिषशास्त्र अनुसार, चन्द्रमा ग्रहको धनिष्ट नक्षत्रको तेस्रो चरण र शताभिषा, पूर्वाभद्रपद, उत्तराभद्रपद र रेवती नक्षत्रको चार चरणहरूमा यात्रा अवधिलाई पञ्चक काल भनिन्छ। यस तरिकाले कुम्भ र मीन राशीमा चन्द्र ग्रहको आवागमनले पञ्चककालको जम्न हुन्छ ।

रोग पञ्चकको प्रभाव

यो विश्वास गरिन्छ कि आइतबारदेखि शुरु हुने पञ्चक ५ दिनसम्म लाग्ने गर्छ। यस अवधिमा जातकमा मानषिक तथा शारीरिक यातना जस्ता समस्या हुनसक्छ। यस समयमा स्वास्थ्यमा नराम्रो समस्या हुनसक्छ।

पञ्चकको अवधिमा गर्नु हुँदैन यस्ता कार्य

दाउरा  खरिद गर्नु हुँदैन

यदि काठ किन्नु आवश्यक छ भने पञ्चक अवधिको अन्तमा गायत्री माताको नाममा हवन गर्नुहोस्।

व्यवसाय गर्ने स्थानमा छत (छानो) हाल्नु हुँदैन

यदि घर तथा पसलमा छाना राख्नु आवश्यक छ भने, काम गर्ने सबैलाई मिठाइ खुवायर मात्र छत जडान गर्ने काम गर्नुपर्छ।

श-व जला-उनु हुँदैन

पञ्चक अवधिमा मृ-त शरीरको दा-ह’संस्कार गर्नु आवश्यक छ भने पाँचवटा छुट्टा-छुट्टै कुशको शप्व- बनाएर ज-लाउनु पर्छ।

काठको पलंग र अन्य सामग्री बनाउनु हुँदैन

यस पञ्चक अवधिमा कुनै पलंग तथा टेबलहरु खरिद गरिएको छ, भने पञ्चक अवधिको समाप्ति पछि मात्र प्रयोग गर्नु होला।

दक्षिण दिशाको यात्रा गर्नु हुँदैन

यस पञ्चक अवधिमा दक्षिण दिशाको भ्रमण गर्दै हुनुन्छ भने हनुमान मन्दिरमा लड्डु चढाएर मात्र यात्रा गर्नुहोला।

प्रकाशित : सोमबार, साउन ११, २०७८११:१८

साउन महिनाभर यी तीन राशिका मानिसमा रहनेछ भगवान शिवको आशिर्वाद, मिल्नेछ विशेष कृपा !