काठमाडौ । अंग्रेजीमा मिलेट भनिने चिनिने कोदो प्रोटिन, भिटामिन, फलाम, क्याल्सियम म्याग्नेसियम, फोस्फोरस र पोटेसियम जस्ता खनिजको प्रमुख स्रोत हो । यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ ।त्यस्तै यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क), जिन बैंकका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीका अनुसार हामीले ढिँडोका रुपमा मात्र नभएर रोटी ,विस्कुट अन्य थुप्रै परिकार बनाएर खाइने कोदो स्वास्थ्यको लागी एकदमै लाभदायक छ । तर हाम्रो समाजमा कोदोलाई नराम्रो अन्न मान्दछन् । कोदो खानाले बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत फाइदा हुन्छ । त्यसैले आज हामी कोदो खानुको फाइदाहरुको बारेमा कुरा गदै छौ । हेरौ
कोदो खानुको फाइदाहरु
-कोदो नियमित खानाले क्यान्सर, मुटुरोग र मधुमेहबाट बचाउँछ ।
-कोदो खादाँ पाचन प्रणालीमा सुधार हुनका साथै मांशपेशी र नशासम्बन्धी समस्याहरु हट्नेछ ।
-कोदोले गर्दा ग्यास्ट्रिक अल्सर र कोलोन क्यान्सरको सम्भावनामा समेत कमी आउँछ । यसमा भएको रेसाले कब्जियत, अत्यधिक ग्यासलाई दूर गर्छ ।
-कोदोले शरीरलाई विषाक्त पदार्थबाट मुक्त गर्छ ।
-कोदो नियमित खाएमा बालबालिकाको हाड र दाँतको विकासमा सघाउनुका साथै बयस्क व्यक्तिहरुको हाड बलियो बनाउँछ ।
-शरिरमा नराम्रो कोलेस्ट्रोल घटाउँनुका साथै रगतको कमी हुन दिँदैन ।
-कोदोको परिकार नियमित खानाले स्तन क्यान्सरबाट बचाउँछ । साथै आमाको दूध बढाउँछ ।
-शारीरिक तौल नियन्त्रित राखी रक्तचाप समेत घटाउन मदत गर्छ ।
-त्यस्तै कोदोले मृगौला र कलेजोको रोग लाग्न दिँदैन । साथै पित्त थैलीमा पत्थरी पनि हुन दिँदैन ।
-यदि तपाईको शरिरमा घाउ लागेमा घाउ छिटो भरिन सघाउँछ ।
-कोदो नियमित खानाले कुपोषण हुन दिँदैन ।

