अगस्त महिना अंग्रेजी पात्रोको आठौं महिना हो। ज्योतिषशास्त्र अनुसार अगस्त महिनामा जन्मिएका मानिसको स्वभावमा केहि विशेष ग्रहहरुको प्रभाव देख्न सकिन्छ। अगस्ट महिनामा जन्मेका मानिसहरुमा सूर्य ग्रहको प्रभाव देखिन्छ। यस महिनामा जन्मेका मानिसहरुमा प्रत्येक कार्यमा नेतृत्वको गुण देखिन्छ। मिथुन र कन्या राशिका मानिसहरु यी मानिसका असल साथी हुन्छन्। अगस्ट महिनामा जन्मेका मानिसहरुले प्रशासनिक काममा छिटो सफलता पाउँछन्। कुनै पनि कार्य आफ्नो पक्षमा पर्न यी मानिसहरुलाई राम्रोसँग आउँछ। उनीहरूको चलाखी तिनीहरूको बोलीबाट नै स्पष्ट देखिन्छ। जान्नुहोस् अगस्त महिनामा जन्मिने मानिसहरुमा के-कस्ता विशेषता हुने गर्छ त….

यस महिना जन्मेका मानिसहरु स्वभावले कन्जुस हुन्छन्। उनीहरुको यहि प्रकृतिले उनीहरुलाई धनी बनाउँछ। यस महिनामा जन्मेका मानिस निकै बौद्धिक हुन्छन्। आफ्नो बुद्धिकै बलमा उनीहरुले समाजमा आफ्नो प्रभाव छाड्न सफल हुन्छन्। यी मानिसहरु सामाजिक कार्यमा पनि निकै सक्रियता देखाउने गर्छन्। तर यस्ता कार्यमा यिनीहरुको स्वार्थ पनि लुकेको हुन्छ।

अगस्त महिनामा जन्मदिन पर्ने मानिसहरु धेरै व्यक्तिहरूसँग मित्रता राख्दैनन्। कला, साहित्य र विभिन्न रचनात्मक विधामा आफ्नो छाप छाड्न सफल हुन्छन्। यी मानिसमा सौन्दर्य भावना अद्भुत हुन्छ। अरुले भनेको नसुन्ने बानीले गर्दा भने यी मानिसहरुले केहि समस्याको सामना गर्नुपर्नेछ।

अगस्त महिनामा जन्मिएका मानिस वित्तीय मामिलामा धेरै गम्भीर हुन्छन्। आर्थिक पक्ष यी मानिसको लागि प्रमुख लक्ष्य रहनेछ। जहाँसम्म प्रेमको सवाल छ, यी मानिस सम्बन्धलाई धेरै महत्त्व दिने गर्दैनन्। कुनै समय त यी मानिसको लागि प्रेम भन्दा पनि पैसा ठूलो हुने गर्छ।

लक्की नम्बरको कुरा गर्नुपर्दा यी मानिसलाई २,५ र ९ नम्बर निकै लक्की हुने गर्छ। त्यस्तै, खैरो, सुनौलो र रातो यिनीहरुलाई शुभ रहने गर्छ। आइतबार र शुक्रबारलाई यी मानिसको शुभ दिन मानिन्छ।

