मेष राशि
आर्थिक रुपमा महिना धेरै राम्रो रहने देखिन्छ। लगानी गरिएका क्षेत्रहरुबाट राम्रै प्रतिफल मिल्नेछ। व्यापार-व्यवसाय राम्रोसंग चल्नेछन्। विभिन्न क्षेत्रमा राम्रा परिणाम मिल्नेछन्। महिनाको मध्यमा अर्थपूर्ण यात्राको अवसर जुर्न सक्ला। कलाकार तथा खेलाडीहरुका लागि समेत महिना शुभ देखिन्छ। तर महिना अन्त्यमा भने केहि कठिनाईको सामना हुन सक्ने देखिन्छ। महिनाकोया अन्तिम हप्ता नयाँ कार्यमा लगानी नगर्नुहोला। स्वास्थ्यको कुरा गर्ने हो भने महिना धेरै शुभ देखिन्छ।
वृष राशि
धन प्राप्तिको विषयमा महिना धेरै राम्रो देखिन्छ। तर खर्चमा नियन्त्रण नहुँदा भने महिनाको दोस्रो हप्तामा आर्थिक समस्याले सताउन सक्ला। महिनाको शुरुवातबाटै खर्चमा नियन्त्रण राख्न सकेको खण्डमा आर्थिक समस्या टर्नेछन्। दाम्पत्य जीवन महिनाभर सामान्य रहनेछ। पारिवारिक रुपमा पनि महिनालाई सामान्य मान्न सकिन्छ। कुनै पनि निर्णय गर्नुअगाडी आग्रह अथवा परिवारको सल्लाह लिनु उचित हुनेछ। साथै परिवारका सदस्यको स्वास्थ्यमा विशेष ध्यान दिनु होला। विद्यार्थी वर्गका लागि महिना धेरै शुभ रहनेछ।
मिथुन राशि
मिथुन राशि हुनेहरुका लागि महिना धेरै शुभ रहनेछ। प्रतिष्ठित दायित्व बहन गर्ने अवसर मिल्नेछ। समाजसेवाले मान-सम्मान दिलाउनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। महिनाको पहिलो हप्तामै पदोन्नतिको योग रहेको छ। नयाँ योजना हातलागी होला। आर्थिक रुपमा पनि महिना ठीकठाक नै रहनेछ। तर यस महिना सम्बन्धहरुमा दरार आउने सम्भावना रहेको छ। श्रीमान-श्रीमती बीच मात्र नभई परिवारका अन्य सदस्यहरुबाट पनि असहयोग हुनेछ। बोलिमा सक्दो नियन्त्रण राख्नु होला।
कर्कट राशि
महिनाको अन्त्यमा ठूलै आर्थिक संकट आइपर्ने हुँदा महिनाको शुरुवातबाटै सतर्क रहनु होला। अनावश्यक खर्च कटौती गर्नुपर्नेछ। सकेसम्म आर्थिक लेनदेन नगरेकै उचित हुने देखिन्छ। व्यवसायमा समस्या नै सामान्यको सामना हुन सक्छ। रोजगारमा हुनेहरुका लागि पनि महिना खासै सुखद रहने देखिँदैन। कार्यक्षेत्रको माहोल पनि प्रतिकुल रहला। परिवारमा पनि कलह बढ्न सक्छ। महिनाको अन्तिम दिनहरुमा भने अवस्थामा केहि सुधार आउनेछ। महिनाको अन्त्यमा टाढाको यात्रा हुन सक्ला।
सिंह राशि
महिनाको शुरुवातबाटै आर्थिक स्थितिमा सुधार आउनेछ। बन्द भएका कार्य शुरु हुनेछन् भने घाटामा रहेका व्यवसायमा एक्कासी सुधार हुनेछ। नयाँ कार्य थालनीमा परिवार मात्र नभई मित्रजनको समेत सहयोग रहनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर दिलाउनेछ। आत्मविश्वास पनि उच्च रहनेछ। स्वास्थ्यमा रहेका समस्या देखि समेत छुटकारा मिल्दा उर्जा थपिनेछ। यधपी घर-जग्गा सम्बन्धि कारोबारका लागि भने महिना शुभ मान्न सकिँदैन। सजिलै अरुको विश्वास नगर्नुहोला।
कन्या राशि
महिना कन्या राशि हुनेहरुका लागी मिश्रित रहनेछ। सामाजिक कार्यमा रूची बढ्नेछ। उचित मौका मिलेको खण्डमा आफ्नो क्षमता प्रदर्शन गर्न सकिनेछ। मान-सम्मान वृद्धि हुनेछ। महिनाको शुरुवातमै यात्राको अवसर जुर्नेछ। महिनाको अन्तिम हप्तामा हुने यात्रा भने बेकार जानेछ। आर्थिक रुप्प्मा महिनालाई खासै सुखद मान्न सकिँदैन। खर्चमा हदै सम्मको नियन्त्रण आवश्यक रहला। मिडियाकर्मी तथा कलाकारहरुका लागि भने महिना धेरै लाभप्रद रहनेछ। त्यास्तई विधार्थीहरुका लागि पनि महिना शुभ नै मान्न सकिन्छ।

