वक्री अवस्थामा बृहस्पति, भदौ २९ गते सम्म यी राशि रहनुस् सावधान !

एजेन्सी – ज्योतिष शास्त्रमा बृहस्पति ग्रहलाई शुभ ग्रहको रुपमा लिइन्छ। बृहस्पति ज्ञान, गुरु, धर्म, विवाह, सन्तान, वृद्धि आदिको कारण ग्रह हो। बृहस्पति धनु र मीन राशिको स्वामी ग्रह रहेको छ। बृहस्पतिलाई कर्कट राशिमा उच्च मानिन्छ भने मकर राशिमा निच। यदि कुनै पनि व्यक्तिको कुण्डलीमा बृहस्पति मजबूत स्थितिमा छ भने त्यस व्यक्तिले हरेक क्षेत्रमा सफलता हाँसिल गर्दा। तर यदि बृहस्पति कम्जोर अवस्थामा छ भने त्यस व्यक्तिले विभिन्न प्रकारका समस्याको सामना गर्नुपर्ने हुन्छ।

बृहस्पति वर्तमान समयमा वक्री अवस्थामा छ। बृहस्पति भदौ २९ पछि मकर राशिमा मार्गी हुनेछ। त्यसपछि मंगसिर ५ मा बृहस्पति कुम्भ राशिमा प्रवेश गर्नेछ। हाल वक्री अवस्थामा रहेको बृहस्पतिले भदौ २९ गरे सम्म निम्न ५ राशिलाई दुख दिनेछ।

कर्कट राशि

बृहस्पतिको नकारात्मक प्रभावले कर्कट राशिको स्वास्थ्यमा प्रभाव पर्ने देखिन्छ। विभिन्न स्वास्थ्य समस्याको सामना गर्नुपर्नेछ। विशेष गरेर पाचन सम्बन्धि समस्या रहन सक्ला। कार्यस्थलमा षडयन्त्रको शिकार हुन सकिने भएका कारण हदै सम्मको साधानी आवश्यक रहला। बोलिमा मात्र नभई व्यवहारमा समेत नियन्त्रण राख्नुपर्ने देखिन्छ।

कन्या राशि

वक्री अवस्थामा रहेको बृहस्पति कन्या राशि हुनेहरुका लागि पनि अशुभ रहनेछ। जीवनमा विभिन्न प्रकारका समस्या पैदा हुँदा मानसिक रुपमा तनाव बढ्नेछ। आर्थिक रुपमा गरिएका लगानीको उचित प्रतिफल नमिल्दा आर्थिक सङ्कट बढ्नेछ। नसोचिएका व्यक्तिहरुबाट धोका होला। सकेसम्म लामो यात्रा गर्न पनि बृहस्पतिले बाधा-अड्चन पैदा गर्न सक्ला।

वृश्चिक राशि

वक्री अवस्थामा रहेको बृहस्पतिले धेरै उतार चढाव ल्याउनेछ। पारिवारिक कलह बढेर जाँदा मानसिक तनाव बढ्न सक्ला। कुनै पनि कार्य गर्नुभन्दा अगाडी परिवारमा छलफल आवश्यक पर्नेछ। सकेसम्म कुनै पनि निर्णय एक्लै नलिनु होला। नयाँ कार्य थालनीको योजना तत्काल रद्द गर्दा उचित हुनेछ। कानुनी रुपमा पनि समस्या पैदा हुन सक्ला।

कुम्भ राशि

बृहस्पतिका कारण कुम्भ राशि हुनेहरुको प्रेम जीवन तथा दाम्पत्य जीवनमा ठूलो समस्या पैदा गर्नेछ। साना-साना कुरा पनि विवाद हुँदा मन अशान्त रहनेछ। नगरिएका गल्तीको समेत भागीदार हुनुपर्ने अवस्था रहला। रोजगारको क्षेत्रमा समस्या पैदा होला। उच्च अधिकारी तथा सहकर्मीहरुसँगको सम्बन्धमा दरार आउनेछ। घर-जग्गालाई लिएर विवाद हुन सक्ने पनि देखिन्छ।

प्रकाशित : शुक्रबार, साउन १५, २०७८१३:५२

यस्ता सरल उपायले आउँन दिदैन पति-पत्नी बीच कुनै फाटो, सम्बन्ध सधैं मधुर रहनेछ !