काठमाडौ । हाम्रो गाँउघरमा सहज रुपमा पाइने मेवा स्वास्थ्यको लागी निकै लाभदायक मानिन्छ । त्यसैले फलफूलको तुलनामा मेवा निकै मिठो र गुणकारी फल हो । यसले हाम्रो शरिरको भएको विभिन्न समस्याहरुबाट पनि मुक्ति दिन्छ । तर गर्भवती महिलाले वा स्तनपान गराउने महिलाले मेवा खानु हानिकारक मानिन्छ ।
किनभने मेवामा हुने पापेन नाम विषाक्त पदार्थले स्तनपान गराउने महिलाहरुकाे बच्चामा असर पर्दछ । यता गर्भवस्थामा महिलाहरुले मेवा खाएमा गर्भपतन हुने खतरा हुन्छ । त्यसैले बच्चा १ वर्षको नहुनजेलसम्म मेवा खानु हुदैन् ।
त्यस्तै यी ५ रोग लागेको बिरामीले पनि मेवा खानु हुदैन् ।हेर्नुस्
एलर्जी
यदि क्यारोटेनिया नामक रोग लागेको विरामीले मेवा खायो भने मेवामा भएको लेटेक्स नामको पदार्थले शरिरमा एलर्जी हुन्छ ।
ब्लड प्रेसर
मधुमेहसँगै ब्लड प्रेसर भएको बिरामीहरुले पनि मेवा खानु हुदैन् । तर मेवाले सुगरको मात्रा घटाउन भने मदत गर्दछ ।
मृगौलामा पत्थरी
मेवामा धेरै मात्रामा भिटामिन सि पाइन्छ । जसको कारण हाम्रो शरिरमा मृगौलाको पत्थरी हुन्छ ।
झाडापखलामा
यदि तपाईलाई लगातार झाडापखलाको भइरहेको छ भने त्यसबेला मेवा खादाँ झन धेरै पखाला हुने भएकाले खानु हुदैन् ।
मुटु रोग
यदि तपाईले नियमित रुपमा मुटु रोगको औषधी खाइरहनु भएको छ भने भुलेर पनि मेवा नखानुस् । खतरा हुन्छ । तर स्वास्थ्य मानिसको लागी मेवा एकदमै लाभदायक हो ।

