काठमाडौँ । खानेकुरा सबै स्वास्थ्यको लागि फाइदा हुन्छ भनेर नै खाने हो । तर हामीले खाने केही खानेकुरा गलत समयमा खाँदा स्वास्थ्यमा जटिल समस्या निम्तन्छ ।
केरा : स्वास्थ्यको लागि निकै फाइदाजनक मानिने केराको सेवनले शरिरमा आइरनको कमी हुन पाउँदैन् । तर खाली पेटमा सेवन गर्नाले स्वास्थ्यमा नराम्रो असर पर्छ । त्यसकारण विशेषज्ञहरुले खाली पेटमा केरा खानु हुँदैन् । एसिडिटीको समस्या भएका व्यक्तिहरले केरा खान नहुने बताइएको छ । गलत समयमा खाएको केराले खनिज पदार्थको स्तरमा तलमाथि हुन्छ ।
अमिलो फलफुल : सबैको रोजाईमा पर्ने अमिलो फलफुल विशेष गरेर जाडो मौसममा घाममा बसेर खाने गरिन्छ । अमिलो फल खानुको मज्जानै बेग्लै रहेको हुन्छ । तर शरिरलाई स्वस्थ राख्न खाइने अमिलो फलफुल खाली पेटमा खाँदा एसिडिटीको समस्या निम्तने गर्छ ।
दही : क्याल्सियम र प्रोटिनले भरिपूर्ण रहेको दही स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । तर दहीको सेवन गर्नाले शरिरमा उर्जा प्राप्त हुन्छ भने पाचन सम्बन्धि समस्यालाई कम गर्न मद्दत गर्छ । त्यतिमात्र हैन तनाव गर्नको लागि पनि दही ठान्डा हुने भएकाले दही सेवन गर्दा शान्त र ठन्डा महसुस हुन्छ ।तर खाली पेटमा दही सेवन गर्दा एसिडिटीको स्तर बढ्ने र चिसो लाग्ने हुन्छ ।
टमाटर : खानामा सलादको रुपमा प्रयोग गर्ने टमाटरमा एन्टी अक्सिडेन्ट तत्व प्रशस्त मात्रामा पाइन्छ । यसले क्यान्सर तथा मुटु रोगको जोखिम बढ्ने र शरिरलाई स्वास्थ राख्न मद्दत गर्छ । टमाटरमा भिटामिन सी, भिटामिन के, पोटासियम तथा फोलेट प्रसस्त मात्रामा पाइन्छ । यद्यपी गलत समयमा टमाटरको प्रयाग गर्दा एसिडिटी बढ्ने, पथ्थरी, ग्यास्ट्रिक अल्सर जस्ता समस्याहरु देखा पर्छ ।
चिया वा कफी : खाली पेटमा खानु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि खाली पेटमा खाइने चिया, कफी स्वास्थ्यको लागि घातक रहेको छ । चिया खाँदा रिफ्रेस हुन्छ महसुस हुन्छ । यसको सेवनले शरिरमा एसिडिटीको समस्या बढ्नुको साथै पेट पोल्ने तथा अपचको समस्या निम्तने गर्छ । यो समस्या नै पछि अल्सरको रुपमा परिणत हुन सक्छ ।
पिरो तथा मसलेदार खानेकुराको सेवन : अमिलो पिरो नाम सुन्नासाथ धेरैको मुख रसाउँछ । यस्तो खानेकुराले खानाको स्वाद बढाउँछ । बिहानी पख खाने मसलेदार खानाको सेवनले अल्सरको समस्यालाई अत्याधिक बढाउँछ । बढी मसलेदार खाना खाँदा पाचन तन्त्रले पचाउन नसक्ने हुँदा पेट दुख्ने जस्ता समस्या हुने गर्छ ।
औषधी : स्वास्थ्यमा देखिएको जस्तोसुकै समस्या समाधान गर्नको लागि पनि औषधी खानु जरुरी हुन्छ । तर खाली पेटमा औषधी खानाले पेटमा एसिसडटी बढ्ने छाती पोल्ने अमिलो डकार आउने समस्या हुँदा हुँदै अल्सरमा परिणत हुन सक्छ ।

