एजेन्सी – समस्त भौतिक सुखको कारक ग्रह मानिने शुक्रले साउन २७ गते राशि प्परिवर्तन गर्दैछ। साउन २७ गते बुधबार शुक्र बिहानको ११ बजेर ३५ मिनेट पश्चात सिंह राशि छाडेर कन्या राशिमा प्रवेश गर्नेछ।
शुक्र कन्या राशिमा प्रवेश गर्दा सम्पूर्ण राशिलाई असर पर्नेछ। १२ राशि मध्ये केहिलाई शुक्रको राशि परिवर्तनले शुभ प्रभाव पार्नेछ भने केहिलाई अशुभ प्रभाव पर्नेछ। ज्योतिषीहरुका अनुसार निम्न ५ राशिलाई शुक्रको राशि परिवर्तनले धेरै नै राम्रो फल दिनेछ।
मिथुन राशि
शुक्रको राशि परिवर्तनले मिथुन राशि हुनेहरुलाई शानदार परिणाम दिलाउनेछ। कार्यक्षेत्रमा असहाजी सफलता मिल्नेछ। भविष्यसँग जोडिएका योजनाहरु सफल हुनेछन्। समाजमा मान-सम्मान बढ्नेछ। परिवारसँग राम्रो समय व्यतित गर्ने मौका मिल्नेछ। कतै टाढाको यात्रा समेत हुन सक्ला। स्वास्थ्यमा पनि शुक्रको सकारात्मक प्रभाव रहने देखिन्छ।
सिंह राशि
शुक्रको राशि परिवर्तनसँगै धन आर्जनका नयाँ बाटा खुल्नेछन्। घर-जग्गा सम्बन्धि कारोबारबाट सोचेजस्तै लाभ मिल्नेछ। पहिला गरिएका साझेदारीले लाभ दिनेछन्। सवारी बेच्ने योजना सफल हुन सक्ला। नयाँ कार्य थालनीका लागि पनि शुक्रको राशि परिवर्तनले बाटो खोल्न सक्ने देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ भने मानसिक रुपमा आनन्द मिल्नेछ।
तुला राशि
शुक्रको राशि परिवर्तन तुला राशि हुनेहरुका लागि धेरै नै हितकारी सावित हुनेछ। कार्य-व्यापारमा विभिन्न प्रकारका लाभ मिल्नेछन्। शुक्रले आम्दानी समेत बढाउन सक्ने देखिन्छ। रोजगारको क्षेत्रमा पदोन्नती दिलाउन पनि शुक्रको भूमिका रहन सक्ने देखिन्छ। नयाँ सम्बन्ध कायम हुँदा नयाँ उर्जा मिल्न सक्ला। कानुनी रुपमा पनि शुक्रको शुभ प्रभाव रहन सक्ला।
धनु राशि
शुक्रको राशि परिवर्तनसँगै धनु राशि हुनेहरुको जीवनमा भौतिक सुख वृद्धि हुनेछ। नयाँ सवारी साधन जोड्ने अवसर मिल्ला। आर्थिक समस्या देखि सहजै छुटकारा मिल्नेछ। धेरै समय देखि नउठेको धन उठ्ने देखिन्छ। उपहारको रुपमा महँगा सामग्री तथा गहना मिल्ने योग समेत देखिन्छ। शैक्षिक रुपमा पनि शुक्रको राशि परिवर्तन लाभप्रद नै रहला।
कुम्भ राशि
शुक्रको राशि परिवर्तन कुम्भ राशि हुनेहरुका लागि वरदान भन्दा कम हुनेछैन। प्रेम जीवन उल्लासमय रहनेछ भने विवाहितहरुलाई जीवनसाथीबाट पूरा साथ मिल्नेछ। नयाँ कार्य थालनीका लागि परिवारको पूर्ण सहयोग मिल्ने देखिन्छ। सामाजिक कार्यमा दायित्व बढ्दा मान-सम्मान समेत बढ्नेछ।

