एजेन्सी – निद्रामा केहि मानिसहरु बोल्ने अथवा बर्बराउने गर्दछन् । निद्रामा बोल्नेहलाई आफू निद्रामा बोलिरहेको छु भन्ने बारेमा थाहा हुदैन्,भने यसलाई सामान्य रुपमा लिइन्छ ।सगैं सुतेकाले थाहा पाएर बर्बराएको कुरा गरेमा ए हो र ? मलाई त थाहै भएन होइन होला? भन्ने गर्दछन् । निद्रामा बर्बराउने बानीका कारण सगैं सुतेका साथीभाई वा परिवारका सदस्यहरुले चिस्काउँने गर्दछ, यहि कारणले उनीहरु लज्जित हुन बाध्य भएका छन् ।
चिकित्सकीय भाषामा निद्रामा अस्वभाविक व्यवहार गरेर बोल्नुलाई प्यारासोमनिया भनिन्छ । यसलाई कुनै रोगको रुपमा भने लिइएको छैन् र सामान्य रुपमा पनि लिइएको छैन् । निद्रामा अस्वभाविक रुपमा बर्बराउने मानिस एक पटकमा तीन सकेण्ड भन्दा बढी बोल्न सक्दैन् ।
किन यसरी मानिस निद्रामा बर्बराउँछ भन्ने प्रश्न धेरैको रहेको छ, एक स्रोतका अनुसार तीन देखी दश वर्षका आधा भन्दा बढी बालबालिकाहरुले कुरा निद्रामा गर्ने गर्दछन् भने ५ प्रतिशत ठुला मानिसहरु मात्र निदामा कुरा गर्ने गर्दछन् । यस्तो समस्या बारम्बार पनि हुन सक्दछ । स्रोतका अनुसार पुरुषको तुलनामा महिलाहरु धरै बोल्ने वा बर्बराउने गर्दछन् । यसरी बर्बराउने कारणलाई थाहा पाएर यस्तो समस्यालाई समधान गर्न सकिन्छ ।
मानिस निद्रामा बर्बराउनुको कारणहरु यस्ता छन् ।
१. तनाव
धेरै मानिसहरुको आफूले सोचेको जस्तो भएन भने त्यहि कुरालाई सोचेर तनाव लिने गर्दछन् । तनावको कारणले गर्दा निद्रामा बर्बराइन्छ , यस कारणले सदैभ तनाव मुक्त रहनु पर्दछ ।
२.आरईएम स्लीप विहेवियर डिसअर्डर
खासगरी सुतेको बेलामा बोल्ने, हातखुट्टा चलाउने डिमेन्सिया वा पाकिन्सन्स जस्तो रोगको लक्षण हो । यसलाई आरईएम स्लीप विहेवियर डिसअर्डर पनि भनिन्छ ।
निद्रामा सपना देखेपछि विपनामा नै सम्झेर जस्तो प्रतिक्रिया दिने कारणले गर्दा यस्तो हुन्छ । यस्तो हुनुलाई आरइएम निद्राको चरण हो । भनिन्छ ।
यस्तो समस्याबाट मुक्ति पाउनको लागी दैनिक रुपमा समयै सुत्ने, काम योजना बाएर त्यस्तै अनुसार चल्ने, औषधीको असरको बारेमा बुझेर मात्र यसको सेवन गर्ने र शाररिक व्यायमलाई विचार गर्नु एकदमै जरुरी छ ।
शरीरमा रक्त सञ्चारप्रक्रिया राम्रोसगँ भएन भने निद्रामा बोल्ने समस्या हुन्छ, त्यसकारणले गर्दा मन, मस्तिष्क र शरीरलाई सदैव स्वस्थ बनाई राख्नुपर्दछ । कामबाट थाकेर आउने र मनलाई शान्त नबनाइकन सुत्ने बानीको कारणले गर्दा यस्तो हुने कारणले गर्दा शान्त बनाउने तर्फ लाग्नुपर्दछ । मनलाई शान्त बनाउनको लागी शान्त वातावरणको साथमा सुमुधुर संगीत सुन्न सकिन्छ ।

