एजेन्सी – गुगलको कारणले गर्दा धेरै मानिसहरुले पछिल्लो समयमा आफूले नजानेका हरेक कुराहरु सिक्न पाएका छन्, तर यो सबै जानकारी सहि नै छ भन्ने चाहि होइन । इन्टरनेटले प्राय हरेक प्रश्नको जवाफ सजिलै दिने कारणले गर्दा सबैको भरपर्दो माध्यम बनेको छ ।
पछिल्लो समय इन्टरनेटको प्रयोग अत्याधिक रुपमा बढेको छ। इन्टरनेटमा धेरैले सबै रोगको निधान खोजेर त्यहि प्राप्त खबरको अनुसार औषौधी सेवन गर्ने गरेका छन् ।
हालै भारतको बिबिसी अनलाइनमा एक आलेख उल्लेख गरिएको छ । जसमा इन्टनेटको भर पर्दा कस्ता नतिजा हुनसक्छन् भनेर लेखिएको छ ।
अधिकाशंले रोगको लक्षणको बारेमा इनटरनेटमा खोजी गरेर मलाई यो रोग लाग्यो र त्यो रोग लाग्यो भनि अस्पतालमा पुगेर डाक्टरको परार्मश नलिई औषधी सेवन गर्ने गर्दछन् ।
उक्त रिपोर्टको अनुसार एक चिकित्सकले कतिपय व्यक्ति इन्टरनेटको भरमा लक्षण मिल्दो जुल्दो भएपछि मलाई क्यान्सर भएको भनेर समेत आएको बताएका छन् । त्यस्तै चिकित्सकलाई इन्टरनेटमा यस्तो औषधी भनिएको छ, किन यस्तो औषधी दिएको पनि भन्ने प्रश्न गर्दछन् ।
इन्टरनेटमा दिइएको कुनैपनि जानकारी व्यवहारिक जीवनमा लागु गर्दा निकै संवेदनशील रहनुपर्दछ । यसैको भरमा परिएमा मानिसको ज्यान नै जान सक्दछ ।
चिकित्सकले धेरै समय लगाएर रोगको विषयमा अध्ययन गरी अनुभव हासिल गरेका हुन्छन् । त्यसैकारणले गर्दा इन्टरनेटको भन्दा पनि चिकित्सको भर पर्नुपर्दछ ।
इन्टरनेटमा मिल्दाजुल्दा सुचनाले मानिसको अकाल ज्यान जाने कारणले गर्दा यसप्रति सचेत हुनुपर्दछ । तर इन्टरनेटको भर पर्ने हुदैन् भन्ने चाहि होइन तर

