हरेक मानिसको चाहना आफ्नो शरीर ठिक्कको होस् भन्ने हुन्छ, तर केहिलाई मोटोपनाको समस्याले सताउँछ भने केहिलाई दुब्लोपनाले ।
मोटोपनाबाट छुटकारा पाउन गाहे भएपनि दुब्लो मानिस मोटो बन्नको लागी गाहे छैन् ।
विभिन्न रोगको कारणले गर्दा मानिसहरु दुब्ला र पातलो हुन्छन् । दुब्लो मानिसलाई मोटाउने चिन्ता हुन्छ, भने मोटोलाई दुब्लाउने चिन्ताले सताउँछ ।
केहि मानिसहरु निकै दुब्लो र पातलो शरीर भएका हुन्छन्, यसको मेन कारण भनेको शरीरमा रोगले आक्रमण गर्नु हो । तपाईलाई वा तपाईको परिवारका सदस्यहरु रोगको कारणले गर्दा दुब्ला पातला छन् भने अब तपाई आत्तिनुपदैन् ।
यस्ता उपाय अपनाउनुहोस्, सजिलै मोटाउन सकिनेछ ।
१. जहिले पनि मोटाउनको लागी बिहान खानामा विशेष ध्यान दिनुपर्दछ । बिहानको खानामा एक कचौरा दाल, भात, तरकारी, सलाद, दहि खानाले मोटाउन सकिन्छ।
२. खाजा खादाँ मोटाउन मन भएकाले आलु, पनिर, गेडागुडीको तरकारी, दुईवटा अण्डाको अमलेट वा उसिनेको अण्डा, जाम, घिउ जस्ता खानेकुरा खानुपर्दछ ।
३. छिट्टै मोटाउनको लागी तीनपटक केहि मात्रामा केरा र दुधको सेवन गर्नुहोस् । यी दुईको सेवन विशेषगरी रातको समयमा सुत्नु अगाडी गर्दा निकै फाइदा हुन्छ, दुधको साथमा एक चम्चा मह पनि खान सकिन्छ ।
महको सेवनले पाचन प्रक्रिया राम्ररी हुन्छ ।
४. मोटाउनको अधिक मात्रामा काबौहाइड्रेड भएका खानेकुरा सेवन गरेर पनि मोटाउन सकिन्छ । यसको साथमा पानी पानी पनि प्रसस्त मात्रामा पिउने गर्नुपर्दछ ।

