ज्योतिषशास्त्रमा बुध ग्रहलाई बुद्धि, तर्क, संचार, गणित, चतुराई र मित्र को कारक मानिन्छ। सूर्य र शुक्र ग्रहलाई बुधको मित्र ग्रह मानिन्छ भने चन्द्रमा र मंगल ग्रहलाई यसको शत्रु ग्रहको रूपमा हेरिन्छ। बुध ग्रह मिथुन र कन्या राशिका स्वामी ग्रह पनि हुन्। यस ग्रह कन्या राशिमा उच्च र मीन राशिमा रहन्छ। अगस्ट महिनामा बुध ग्रहले दुई पटक आफ्नो राशि परिवर्तन गर्नेछ। यो महिना बुध सिंह र कन्या राशिमा प्रवेश गर्नेछ। बुध ९ अगस्ट अर्थात आज राति १ बजेर ३८ मिनेटमा कर्कट राशिबाट सिंह राशिमा प्रवेश गरेको छ। यस राशिमा बुध २६ अगस्ट बिहान ११ बजेर २३ मिनेटसम्म विराजमान रहनेछ। सिंह राशिमा बुधको गोचरले सबै राशिमा शुभ-अशुभ प्रभाव पार्नेछ।
मेष राशि

विद्यार्थी वर्गको लागि यो समय वरदान हुनेछ। शिक्षा क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सकिनेछ। अधिक ऋण लिन वा दिनबाट बच्नुहोला। नयाँ दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। आफ्नो उर्जा शक्तिको पूरा उपयोग गरेर कुनै काम गर्दा सफलता मिल्ने सम्भावना उच्च रहन्छ। परिवारका वरिष्ठ सदस्यसँग मदभेद पैदा हुनसक्छ।
वृष राशि

तपाईंको लागि यो समय फलदायी रहनेछ। घर तथा गाडी किन्ने सपना पूरा हुनसक्छ। आमा-बुबाको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। पारिवारिक वातावरण नकारत्मक रहँदा मनमा चिन्ता पर्न सक्छ। मानसिक अशान्ति छाउनसक्छ। कार्य व्यापारको दृष्टिकोणले यो समय निकै शुभ रहनेछ। सरकारी कामकाजमा सफलता प्राप्त हुने सम्भावना उच्च रहेको छ।
मिथुन राशि

विभिन्न स्रोतबाट धन लाभ मिल्ने पूरा सम्भावना रहेको छ। तपाईं आफ्नो साहस तथा पराक्रमको बलमा कठिन स्थिति माथि विजय प्राप्त गर्न सक्नुहुनेछ। आयका साधन बढ्नेछन्। धर्म-कर्मको मामलामा रुची बढ्नेछ। सरकारी क्षेत्रमा आवेदन दिन चाहनुहुन्छ भने पनि समय अनुकूल रहेको छ।
कर्कट राशि

तपाईंको आर्थिक पक्ष मजबूत रहनेछ। लामो समयबाट रोकिएको धन पनि फिर्ता आउनेछ। यदि तपाईंले कसैलाई पैसा उधारो दिनुभएको छ भने त्यो पैसा छिटै फिर्ता आउने सम्भावना देखिन्छ। वाणी तथा रिसमा संयम राख्नुहोला, अन्यथा बनेको काम पनि बिग्रन सक्छ। पारिवारिक वातावरण सुखमय नै रहनेछ।
सिंह राशि

सिंह राशिका मनिसको लागि बुधको यो गोचर शुभ फलदायी नै भन्न सकिन्छ। विवाह सम्बन्धि वार्ता सफल हुने सम्भावना देखिन्छ। नव दम्पतिका लागि सन्तान प्राप्तिको योग रहेको छ। व्यापार-व्यवसायमा लागेका मानिसको लागि यो समय अत्यन्त शुभ साबित हुनेछ। स्वास्थ्यको विषयमा केहि चिन्ता उत्पन्न हुनसक्छ, सजग रहनुहोला।
कन्या राशि

तपाईंको लागि यो समय शुभ रहनेछ। यो अवधिमा तपाईंले विभिन्न सफलता प्राप्त गर्न सक्नुहुनेछ। कार्यस्थलमा अनुकूल परिस्थिति बन्नेछ। काममा उन्नति हुने सम्भावना छ। व्यापार-व्यवसायमा नाफा हुनेछ। आर्थिक योजनाहरु पनि सफल हुनेछन्। वैवाहिक जीवन सुखमय रहनेछ। जीवनसाथीको सहयोग मिल्नेछ।
तुला राशि

बुधको गोचरको प्रभावले तपाईंले शानदार परिणाम प्राप्त गर्न सक्नुहुनेछ। तुला राशिका मानिसहरुको लागि यो अवधि अद्भुत रहनेछ। हरेक काममा सफलता मिल्नेछ। तपाइँको आर्थिक पक्ष बलियो हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तथा सहकर्मीको साथ-सहयोग मिल्नेछ। परिवारका सदस्यहरुबीच मेलमिलाप हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ।
वृश्चिक राशि

तपाईंको लागि यो समय हरेक तरिकाले शुभ रहनेछ। कार्यक्षेत्र विस्तार हुनेछ। नयाँ कार्य सुरु गर्न वा नयाँ सम्झौतामा हस्तक्षर गर्नको लागि पनि यो समय तपाईंका लागि निकै शुभ रहेको छ। सामाजिक क्षेत्रमा मान-सम्मान तथा प्रतिष्ठा बढ्नेछ। सरकारी कार्यमा संलग्न हुनुहुन्छ भने पनि यो समयमा तपाईंले राम्रो सफलता प्राप्त गर्न सक्नुहुन्छ।
धनु राशि

भाग्यवृद्धिको सम्भावना रहेको छ। यस अवधिभर तपाईंको आर्थिक पक्ष निकै मजबूत हुनेछ। शिक्षा क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सकिनेछ। नयाँ कार्यका लागि आवेदन दिनको लागि पनि समय उत्तम रहेको छ। विदेशी कम्पनीमा सेवाका लागि आवेदन दिनको लागि पनि समय अनुकूल रहेको छ। धर्म-कर्ममा मन लाग्नेछ।
मकर राशि

बुधको गोचरले तपाईंलाई मिश्रित फल दिनेछ। कार्यक्षेत्रमा तपाईंको विरुद्द षड्यन्त्र हुनसक्छ, सजग रहनुहोला। साथै अनावश्यक वाद-विवादमा फस्न सकिन्छ। कानुनी मामिलाको झमेलामा नपर्नु नै उत्तम रहन्छ। स्वास्थ्यको विषयमा विशेष ध्यान दिन आवश्यक देखिन्छ। अधिक लेन-देन गर्नबाट बच्नुहोला। घर किन्ने तपाईंको संकल्प पूरा हुनसक्छ।
कुम्भ राशि

बुधको गोचर कुम्भ राशिका मानिसको लागि पनि अत्यन्त शुभ रहनेछ। वैवाहिक जीवन सुखमय तरिकाले बित्नेछ। जीवनसाथीले तपाईंलाई पूर्ण समर्थन दिनेछन्। कार्य-व्यापारमा सफलताको योग रहेको छ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। नयाँ काम पाउने सम्भावना पनि रहेको छ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ।
मीन राशि

बुधको गोचर तपाईंको लागि सामान्य फलदायी साबित हुनेछ। स्वास्थ्यको विषयमा विशेष ध्यान दिन जरूरी देखिन्छ। कुनै पनि निर्णय हतारमा नगर्नुहोला, अन्यथा नोक्सान बेहोर्न सकिन्छ। यो समयमा कसैलाई पनि अधिक धन उधारो नदिनुहोला, नत्र घाटा होला। विद्यार्थी वर्गले राम्रो सफलता प्राप्त गर्नको लागि निकै कडा मेहनत गर्नुपर्ने हुन्छ।

