सेफ-करीनाका छोराको नामले मच्चियो तहल्का, बचावमा आइन् सेफकी बहिनी !

बलिउड अभिनेत्री करीना कपूर र सेफ अलि खानका दोस्रो छोराको नाम अहिले चर्चामा रहेको छ। सेफ-करीनाको जोडीले आफ्ना दोस्रो छोराको नाम मुगल बादशाहको नाम लिएर राखेका छन्। उनीहरुले छोराको नाम जहांगीर राखेका छन्। यसको खुलासा करीनाको किताब-“करीना कपूर खान को गर्भावस्था बाइबल: द अल्टीमेट म्यालुअल फर मम टु बी” बाट भएको हो।

त्यहींबाट नै उनीहरुको छोराको नाम जहांगीरको नाम सार्वजनिक भएको हो। जसपछि सामाजिक सञ्जालमा यो विषयले निकै चर्चा पाएको छ। एकतर्फ केहि प्रयोगकर्ताहरुले यो करीना-सेफको व्यक्तिगत निर्णय भएको बताइरहँदा अर्को तर्फ केहि मानिसहरुले यस जोडीलाई लगातार ट्रोल गरिरहेका छन्।

जहांगीर नामको बढ्दो विरोध देखेर सेफकी जेठी बहिनी सबा अली खानले आफ्नो प्रतिक्रिया दिएकी छिन्। सबाले इन्स्टा एकाउन्टमा एक स्टोरी शेयर गर्दै आफ्नो दाई र भाउजूको बचाव गरेकी छिन्। यस पोस्टमा, सबाले करीनाको छोराको नाम वाला स्टोरी साझा गर्दै लेखिन्,”नाममा के राखेको छ? माया दिनुहोस्, आरामले जिउनुहोस् र जिउन दिनुहोस्। बच्चा भगवानको रुप हुन्छन्।”

करीनाले यहि वर्ष २१ फेब्रुअरीको दिन दोस्रो छोराको जन्म दिएकी थिइन्। यसअघि २०१६ मा, जब उनी पहिलो पटक आमा बनिन्, उनले आफ्नो छोरा तैमुरको नाम राखेपछि पनि धेरै विरोधको सामना गर्नु परेको थियो। वास्तवमा, तैमूर नामक एक शासक थियो जो निकै क्रूर मानिन्थ्यो।

प्रकाशित : बुधबार, साउन २७, २०७८१३:०७

टिभी इन्डस्ट्रीकै सबैभन्दा बो-ल्ड एन्ड हट अभिनेत्री नियाको रुप १० तस्विरमा!