काठमाडौँ – सामाजिक संजालमा यति बेला एक तस्विर भाइरल छ। मृत आमाको काखमा बसिरहेको बालकको एक तस्विर सामाजिक संजालमा भाइरल भएको हो। तस्विर देखेर भावुक हुँदै कयौंले उक्त तस्विर शेयर गरेका छन् भने कयौंले उक्त तस्विर सामाजिक संजालमा पोस्ट गर्दै आफ्नो भावना पोखेका छन्।
तस्विरमा देखिने को हुन् ?
बताइएअनुसार, तस्विरमा देखिएकी महिला रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला हुन् भने बालक उनका छोरा ३२ महिनाको छोरा किरण बटला हुन्। तस्विर नेपालगञ्ज आउँदै गरेको बसको हो। गएको केहि समय देखि स्वास्थ्य समस्या रहेर उपचार आउनेक्रममा बसमै धर्माकुमारीको निधन हुँदाको हो।
के भएको थियो ?
धर्माकुमारी मुटुको बिरामी थिइन्। उनलाई प्रेसर हाइ र लो हुने समस्या पनि थियो। उनको लगातार उपचार भइरहेको थियो। उपचारका लागि धर्मकुमारी नेपालगञ्ज जाँदै थिइन्। उनका पति दलबहादुर बटाला नेपालगञ्जमा ठेक्कापट्टाको काम गर्छन्।
उपचारका लागि नेपालगञ्ज जान धर्म्कुमारी बेलुका साढे ५ बस चढेकी थिइन्। छोरा रुँदा पनि धर्म्कुमारी नउठेको बसमा यात्रा गरिरहेका अन्य यात्रुले उनलाई उठाउने प्रयास गरे। तर उनी उठिनन्, उनको बसमै निधन भएको थियो।
आमाको निधन भएपछि बसका यात्रुहरुले छोरालाई फकाउन खोजे पनि उनी रोइरहे। उनलाई फुल्याउन केहि यात्रुले बालकलाई मृत आमाको काखमा राखिदिए। त्यहिँ रहेका केहि यात्रुले त्यस भावुक दृश्य कैद गरेर सामाजिक संजालमा पोस्ट गरे, जुन अहिले भाइरल भइरहेको छ।