अन्तर्वार्तामै पत्रकारलाई फुटबलरले किस गरेपछि …

लण्डन । युक्रेनका अलेक्स्यान्द्रर जिन्चेन्को मंगलबार देशका लागि नायक बने । उनले स्विडेनविरुद्धको खेल जिताउँदै युक्रेनलाई युरोकपको क्वाटरफाइनल पु¥याउन महत्वपूर्ण भूमिका निभाए । २७ औं मिनेटमा उनले कप्तान आन्द्रे यार्मोलेन्कोको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

तर, स्विडेनले पहिलो हाफमै बराबरी गोल फर्कायो । त्यसपछि दोस्रो हाफमा दुबै टोलीले गोलका लागि गरेका प्रयास सफल भएनन् र अतिरिक्त समयको ईन्जुरी समय अर्थात् १ सय २१ मिनेटमा जिन्चेन्कोको क्रसमा अर्टेम डोभयकले हेड गोल गर्दै टोलीलाई विजयी बनाए ।

यी स्टारकी श्रीमती भ्लाडा सेडान युक्रेनकी टिभी रिपोर्टर हुन् । दुईबीच अगस्ट २०२० मा विवाह भएको थियो । त्यसको एक वर्षअघि जिन्चेन्कोले किभस्थित ७० हजार दर्शक क्षमताको ओलम्पिक रंगशालामा सेडानलाई प्रेम प्रस्ताव गरेका थिए । जुन २०१९ मा सेडानको आफ्नो प्रेम सम्बन्धबारे जिन्केन्चोले पुष्टि गरेका थिए । उक्त दिन युक्रेनले सर्बियालाई ५–० ले हराएपछि निकै हर्षित अवस्थामा रहेका जिन्चेन्कोले खेलबारे सेडानलाई लाईभ प्रतिक्रिया दिएका थिए ।

त्यही क्रममा लाईभमै उनले सेडानलाई किस गरे । अक्टुबर २०१९ मा पोर्चुगललाई २–१ ले हराउँदै युक्रेनले युरोकप छनोट पक्का गरेको थियो । यस खेलपछि खुसी मनाउने क्रममा उनले सेडानलाई एक्कासी अंगालो हालेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा ख्याति कमाइसकेका यी २४ वर्षीय म्यानचेस्टर सिटीबाट व्यवसाहिक फुटबल खेल्छन् । उनी आवश्यकता पर्दा विभिन्न पोजिसनबाट खेल्नसक्छन् र टोलीमा अन्य खेलाडीका लागि गोलको अवसर सिर्जना गरिदिन्छन् ।

प्रकाशित : बिहिबार, असार १७, २०७८११:२१

मेस्सी अब रहेनन् बार्सिलोनाका खेलाडी, भए क्लब बिहिन !