आईपीएलमा सन्दीपको कमाल : दोस्रो ओभरमा कोलकाताका ओपनरको लिए विकेट

एजेन्सी ,  सन्दीप लामिछानेले कोलकाता नाइट राइडर्सविरुद्ध पहिलो रोजाइमा खेल्दै यस सिजनको आईपीएलमा सानदार सुरुवात गरेका छन् । सुरुवाती दुई ओभरमा सन्दीपले विकेट लिँदै मात्र ७ रन खर्चेका छन् ।

इनिङसको दोस्रो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले आफ्नो ओभरमा मात्र १ रन खर्चे । पहिलो ओभरमा कागीसो रबाडाले १२ रन खर्चेपछि दिल्लीले सन्दीपलाई बलिङमा ल्याएको थियो ।

सन्दीपले निखिल नाईकलाई पहिलो पाँच बल डट गराएका थिए भने अन्तिम बलमा १ रन दिएका थिए । उनको चौथो बलमा कप्तान श्रेयस ऐरले कट बिहाइन्डको अपिल गर्दै रिभ्यु लिएपनि ‘एज’ नलागेको देखिएको थियो ।

चौथो ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो बलमा क्रिस लिनले एक रन लिए । दोस्रो बलमा नाईकले लामो सट खेल्ने असफल प्रयास गरे र तेस्रो बलमा पनि ब्याटमा कनेक्ट हुन सकेन । निकै दवावमा रहेका नाईक चौथो बलमा डिफेन्स गर्ने धुनमा एलबीडब्लू धरापमा परे ।

नाईक आउट भएपछि क्रिजमा आएका नयाँ ब्याट्सम्यान रबिन उथाप्पाले पहिलो बलमा चौका प्रहार गरे । अन्तिम बलमा पनि उनले १ रन लिए ।

प्रकाशित : शनिबार, चैत १६, २०७५१५:०५

सन्दीपले २९ रन खर्चेर १ विकेट लिए, अर्को खेलमा खेल्न पाउलान त उनले ?