सन्दीपको कमाल : पहिलो ओभरमै विकेट ! दोस्रो ओभरमा कसिलो बलिङ !

एजेन्सी – नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि किंग्स इलाभेन पन्जावविरुद्धको सुरुवाती दुई ओभरमा उत्कृष्ट प्रर्दशन गरेका छन् ।

सन्दीपले पहिलो ओभरमै विकेट लिएका छन् । सन्दीप पहिलो स्पेल लिएर चौथो ओभरमा आएका १० रन खर्चेर १ विकेट लिए । सन्दीपको पहिलो बलमा मयंक अग्रवालले १ रन लिए,दोस्रो बलमा साम करनले डट र तेस्रो बलमा साम करनले दुई रन लिए । चौथो बलमा सन्दीपलाई करणले कडा छक्का प्रहार गरे । पाचौ बलमा भने सन्दीपले करणलाई २० रनमा एलवी डब्लु आउट गर्दै पेभिलिएन फर्काए । छैटौं बलमा सरफराज खानलाई १ रन दिए ।

दोस्रो ओभरमा पनि सन्दीपले कसिलो बलिङ गरे । पहिलो दुई बलमा कुनै रन नदिएका सन्दीपले त्यसपछि लगातार चार ओटा सिंगल दिएका थिए । दुई ओभरमा उनले १ विकेट लिँदै १४ रन खर्चेका छन् ।

प्रकाशित : सोमबार, चैत १८, २०७५१५:०९

सन्दिपको दिल्लीले सपना चकनाचुर पारेपछि कोहलीले यसो भने !