सन्दिपको दिल्लीले सपना चकनाचुर पारेपछि कोहलीले यसो भने !

एजेन्सी – दिल्ली क्यापिटल्स सन् २०१२ पछि पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्दा रोयल च्यालेन्जर्स बेंगलोरको भने सपना चकनाचुर भयो।

फिरोजशाह कोटलामा दिल्लीले जीत निकालेसँगै प्लेअफ पुग्ने बेंगलोरको सपना लगभग सकिएको हो। १ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन मात्र जोड्न सकेपछि नेपाली लेगस्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्लीले प्लेअफमा आफ्नो ठाउँ पक्का गर्यो।

बेंगालोरका लागि पार्थिव पटेलले २० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ३९ रनमा अक्षर पटेलबाट क्याच आउट भए । छैटौं ओभरको पाँचौ बलमा रवडाले पटेललाई क्याच आउट गराएका थिए । कप्तान विराट कोहली १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रनमा क्याच आउट भए । कोहली र पटेलले पहिलो विकेटका लागि ५.५ ओभरमा ६३ रनको सानदार सुरुवात दिलाएका थिए ।

एवि डी भिलियर्स १७,शिवम दुबे २४,हेनरिक क्लासेन ३,गुरर्कीत सिंह २७ रनमा आउट भए । मार्कस स्टोइनिस ३२ रनमा अविजित रहे । दिल्लीको जितमा कागीसो रबडाले २,अक्षर पर्टेल,इसान्त शर्मा र शेरफेन दरफरर्डले समान एक विकेट हात पारे ।

१६ रनले हारेपछि बेंगलोरका कप्तान विराट कोहलीले टस हार्नु नै खेलको महत्वपूर्ण बिन्दु रहेको बताएका छन्। “टस हारेपनि हामीले धेरै राम्रो खेलिरहेका थियौं। तर अन्तिममा जीत हातबाट फुत्कियो।”, उनले भने,”यो विकेटमा १६०-१६५ सम्मको लक्ष्यलाई चेज गर्न सजिलो हुन्छ।तर यस विकेटमा १८५ रन चेज गर्न केहि मुश्किल नै हुन जान्छ।”

खेल पछि बोल्ने क्रममा कोहलीले पार्थिव पटेलको तारीफ गरेका छन् भने आफ्नो र डिविलियर्सको आलोचना गरेका छन्। उनका अनुसार आफू र डिविलियर्स त्यसरी आउट हुन नहुने थियो।

खेल्न बाँकि रहेका दुई खेललाई सङ्केत गर्दै उनले बाँकि खेल बिना दबाव खेलेर आनन्द उठाउने बताएका छन्। उनले भने,” एक पटक अन्तिम दुई खेल सकियोस् अनि त्यस पछि बसेर प्रतियोगिता कहाँ जाँदैछ हेरौंला।”

प्रकाशित : सोमबार, बैशाख १६, २०७६०७:०६

यी हुन् क्रिकेट जगतका विश्वका धनि ६ क्रिकेटर, जोसंग छ करोडौंको सम्पति हेर्नुहोस !