यी हुन् क्रिकेट जगतका विश्वका धनि ६ क्रिकेटर, जोसंग छ करोडौंको सम्पति हेर्नुहोस !

क्रिकेट एक यस्तो खेल हो जुन खेल मार्फत प्रसस्त नाम, दाम र इनाम कमाउन सकिन्छ। प्रत्येक देशले आफ्नो देशको खेलाडीको लागि ठुलो धनराशीको खर्च गर्ने गरेको छ। क्रिकेट जगतमा यस्ता खेलाडीहरु रहेका छन जो बिश्व सबैभन्दा धनि व्यक्तिको सुचिमा सुचिकृत हुन पुगेका छन ।  क्रिकेट खेलाडीहरुको बिज्ञापन मार्फत पनि एकदम धेरै कमाई हुने गरेको छ। यसका अलावा उनीहरुको आफ्नै साइड बिजनेस पनि गर्ने गर्छन।  आज हामी यस लेख मार्फत क्रिकेट जगतका ६ धनि क्रिकेटरको बारेमा कुरा गर्न गईरहेका छौं आउनुहोस जानिराखौं ;

६.  शाहिद अफरीदी

शाहिद अफरीदी पाकिस्तान क्रिकेट टिमका पुर्व खेलाडी हुन्।  अन्तर्राष्ट्रिय क्रिकेटमा केहि रेकर्ड बनाउन सफल उनको कुल सम्पति ३० मिलियन डलर (२,०८,०८,९०,०००,०० ) रहेको छ।

 ५. शेन वाटसन 

अष्ट्रेलियाका अल राउण्डर खेलाडी शेनले ५९ टेस्ट म्याच ,१९० वानडे म्याच र टि २० म्याच खेलेका छन। जसमा उनले क्रमश ३७३१, ५७५७ र १४६२ रन बनाएका छ।  उनको कुल सम्पति ३५ मिलियन डलर (२,४२,८३,००,०००,००) रहेको छ।

४. बिरेन्द्र सहवाग

बिरेन्द्र सहवाग टेस्ट क्रिकेटमा तिन सतक लगाउने पहिलो क्रिकेटर हुन्।  उनको कुल सम्पति ३५ मिलियन डलर रहेको छ।

३. युवराज सिंह

भारतीय क्रिकेट टिमबाट हालै मात्र सन्यास लिएका क्रिकेटर युवराज सिंहको कुल सम्पति ४० मिलियन डलर रहेको छ।  युवराजले भारतको तर्फबाट ३ ०४ वानडे म्याच खेलेका छन।  उनि टि २० क्रिकेटमा एक ओभरमा लगातार ६ छक्का लगाउने एकमात्र खेलाडी हुन्।

 

२. महेंद्र सिंह धोनी

भारतीय क्रिकेट टिमका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनी यस सुचिमा दोस्रो स्थानमा पर्छन। ३७ बर्षिय धोनीको कुल सम्पति ७० मिलियन डलर अर्थात् (४,८५,५९,००,००० .००) रहेको छ।

१. बिराट कोहली  

भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली यस सूचिको पहिलो नम्बरमा पर्ने खेलाडी हुन्। बिराट बिश्वको सबैभन्दा धनि क्रिकेटर हुन्। उनको कुल सम्पति ९२ मिलियन डलर अर्थात् (६,३७,७८,५४,०००.००) रहेको छ।  कोहलीले अन्तरराष्ट्रिय क्रिकेटमा बिश्व कीर्तिमानी स्थापित गर्न समेत सफल भईसकेका छन।

 

 

 

प्रकाशित : सोमबार, असार १६, २०७६१२:३६

आज चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको ३८ औँ जन्मदिन !