आज चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीको ३८ औँ जन्मदिन !

असार २२ आइतवार , भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनी आइतवार परिवार र नजिकका साथीभाईका साथमा आफ्नो ३८ औँ जन्मदिन मनाईरहेका छन।  उनको जन्म सन् १८८१ जुलाई ७ मा भएको हो। यसै अवसरमा उनकी पत्नी साक्षीले इंस्टाग्राम मार्फत बर्थ डे सेलिब्रेशनका केहि तस्बिर सार्वजनिक गरेकी छिन।जस मार्फत उनले उनलाई जन्मदिनको शुभकामना समेत व्यक्त गरेकी छिन।

जन्मदिनको अवसरमा धोनीलाई उनका शुभचिन्तकहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा शुभकामना व्यक्त गरिरहेका छन। जन्मदिनको सेलिब्रेशनका अवसरमा महेन्द्रले छोरी जिवाका साथमा दमदारको नृत्य समेत प्रदर्शन  गरेका छन।

क्रिकेटका माध्याम मार्फत सबैको मनमा बस्न सफल महेन्द्रले हाल चलिरहेको विश्वकप क्रिकेटमा पनि शानदारको ब्याटिंग गर्न सफल भएका छन। क्रिकेटर  महेन्द्र सिंह धोनीले हालसालै मात्र क्रिकेटको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिदै आफुले अब क्रिकेटबाट सन्यास लिन सक्ने समेत बताएका छन साथै विधिवत रुपमा आफु क्रिकेटमा कति समय रहने भन्ने बारे द्विविधामा रहेको समेत जानकारी दिएका छन।

 

 

 

 

 

प्रकाशित : आइतबार, असार २२, २०७६०७:४२

इन्स्टाग्रामबाट धेरै कमाउनेमा रोनाल्डो अगाडि, नेयमार-मेस्सी पनि पछि परे ! कति कमाउँछन् ?