इन्स्टाग्रामबाट धेरै कमाउनेमा रोनाल्डो अगाडि, नेयमार-मेस्सी पनि पछि परे ! कति कमाउँछन् ?

एजेन्सी– फुटबलका धेरै विषयमा क्रिस्टिायानो रोनाल्डो शीर्षस्थानमा आउने गरेका छन् । त्यसले उनी लगातार चर्चामा छन् । पछिल्लो समय उनी अर्को कारण पनि चर्चामा छन् । रोनाल्डोले इन्स्टाग्रामको एउटा पोस्टबाट पनि निकै आम्दानी गर्दै आएका छन् । खेल क्षेत्रमा उनी जत्ति इन्स्टाग्रामबाट कमाउने अर्को खेलाडी छैन ।

उनले कुनै पनि चिजको विज्ञापन गर्दा सबैभन्दा बढी रकम लिने गरेका छन् । युभेन्ट्सका सुपर स्टारले एउटा पोष्टका लागि ९ लाख ७५ हजार अमेरिकी डलर लिने गर्छन् । त्यस्तै दोस्रो स्थानमा नेयमार छन् । उनले ७ लाख २२ हजार डलर लिन्छन् भने बार्सिलोनाका लियोनल मेस्सीले ६ लाख ४८ हजार डलर लिने गरेका छन् ।

रोनाल्डोले मुल्य स्वभाविक रुपमा पनि बढी हुन्छ नै । कारण उनलाई इन्स्टाग्राममा फलो गर्ने नै १७ करोड भन्दा बढी छन् । जुन मेसीको भन्दा ५ करोड भन्दा बढी हो । तर पनि मेसी दोस्रो स्थानमा छैनन् । इन्स्टाग्रामबाट आम्दानी गर्नेमा फुटबल खेलाडीहरुको दबदबा छ । फुटबल बाहेक सर्वाधिक कमाउनेमा एनबीए स्टार लेब्रोन जेम्स छन् । उनले प्रति पोष्टका लागि २ लाख ७२ हजार डलर पाउने गरेका न् ।

खेल क्षेत्रीको शीर्ष स्थानमा रहेका रोनाल्डो समग्र सेलिब्रेटीको सुचिमा तेस्रो स्थानमा पछन् । उनी काइली जेनर र अरियाना ग्रान्डेपछि आउछन् । उनलाई इस्टाग्राममा फलो गर्ने जनवरीमा १ सय ५० मिलियन पुगेका थिए । त्यस्तो अर्को ग्रान्डेको मात्रै छ ।

ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्हो छैटौं नम्बरमा छन् । उनले एउटा पोष्टका लागि २ लाख ५६ हजार लिने गरेका छन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली नवौं स्थानमा छन् । उनले एउटा पोष्टका लागि १ लाख ९६ हजार लिने गरेका छन् ।

इन्स्टाग्रामबाट सर्वाधिक आम्दानी गर्ने १० खेलाडी

खेलाडी – रकम अमेरिकी डलरमा
१.क्रिस्टियानो रोनाल्डो ९ लाख ७५ हजार २. नेयमार ७ लाख २२ हजार ३. लियोन मेस्सी ६ लाख ४८ हजार ४. डेभिड बेकह्याम ३ लाख ५७ हजार ५. लेब्रोन जेम्स २ लाख ७२ हजार ६. रोनाल्डिन्हो २ लाख ५६ हजार ७. गेराथ बेल २ लाख १८ हजार ८. ज्लाटान इब्राहिमोभिच २ लाख
९. विराट कोहली १ लाख ९६ हजार १०. लुइस स्वारेज १ लाख ८४ हजार

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०४:४६

अव्यावहारिक अभिव्यक्ति दिएको भन्दै मेस्सीलाई १ खेल प्रतिबन्ध