अव्यावहारिक अभिव्यक्ति दिएको भन्दै मेस्सीलाई १ खेल प्रतिबन्ध

एजेन्सी – कोपा अमेरिका २०१९ दौरान रेफ्रीको निर्णयमा अपात्ति जनाउँदै आक्रोशित रुपमा अव्यावहारिक अभिव्यक्ति दिएको भन्दै दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबलले अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई १ खेल प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।

कोपा अमेरिकाको तेस्रो स्थानको खेलमा चिलीका ग्यारी मेडेलसँग ठेलठाल मात्र भएको अवस्थामा रेफ्रीले रातो कार्ड दिएपछि मेस्सीले रेफ्रीको विरुद्ध बोलेका थिए । उनलाई यसैकारण कन्मेबलले एक खेल प्रतिबन्ध र १५ सय अमेरिकी डलर जरीवाना गराएको छ ।

यस प्रतिबन्धसँगै मेस्सीले अर्जेन्टिनाले २०२० को मार्च महिनामा खेल्ने फिफा विश्वकप २०२२ को छनोट चरणको पहिलो खेल गुमाउने छन् ।

मेस्सीले सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि पनि रेफ्रीको आलोचना गरेका थिए । तेस्रो स्थानको खेलमा रातो कार्ड पाएपछि मेस्सीले आक्रोशित हुँदै रेफ्रीहरुले ब्राजिलको समर्थन गरेको आरोप लगाएका थिए ।

त्यसयता छुट्टिमा रहेका मेस्सीले बार्सिलोनाबाट विश्राम लिएका छन् । उनले यसै महिनाको अन्त्यमा क्लब जाने बुझिएको छ ।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०५:१४

गोल गरेपनि बेल रियलमा रहँदैनन्