सुत्केरी श्रीमतीको घाँटी रेटी हत्या ! टुहुरा भए मात्रै ४५ दिन अगाडी जन्मिएका छोरा !

सांकेतिक तस्बिर

काठमाडौँ – भोजपुरमा एक श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् । पौवादुङमा गाउँपालिका वडा नम्बर ४ का रमेश पौडेलले आफ्नै श्रीमतिको घाँटी रेटेर हत्या गरेका हुन्।

हत्या गरिएकी १९ बर्षीया श्रीमती जानुका पौडेल थापाले ४५ दिन अगाडी मात्रै छोरा जन्माएकी थिइन्। जानुका र रमेशको केही वर्ष अगाडी मात्रै विवाह भएको बताइएको छ।

घरयासी विवादका कारण रमेशले श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। यधपी हत्या गर्नुको कारण भने अनुसन्धान कै क्रममा छ।

हत्यारा श्रीमान रमेश पक्राउ परिसकेका छन् भने उनी माथि अनुसन्धन भैरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाइएको छ।

प्रकाशित : बुधबार, चैत २७, २०७५१४:१९

हलमै ‘ग्वाँ ग्वाँ’