हलमै ‘ग्वाँ ग्वाँ’

काठमाडौँ – फिल्म चलाउन हलमा पुगेर ‘ग्वाँ ग्वाँ’ रोइदिने चलन २०७५ मा खुब फस्टायो । त्यसको सुरुवात गरिन्, फिल्म ‘सत्रु गते’की अभिनेत्री आँचल शर्माले । दर्शकसँगै हल पुगेकी उनी ग्वाँ ग्वाँ रोइदिइन् । उनको रुवाईमा दर्शकले भने साथ दिएनन् ।

फिल्म पण्डित बाजेको लौरीको प्रिमियर शोमा अभिनेत्री सन्ध्या केसी फिल्म हेरेर निस्कदा मिडिया देखेपछि डाँकै छाडेर रोइन् । उनको आँशुले मेकअपनै बिगा–यो, तर उनको आँशुले काम गरेन । फिल्मले आशा अनुरुप ब्यापार नगर्दा घरमा निर्माता भने पक्कै रोए ।

दीपाश्री निरौला र स्वेता खड्काको आँशुको ड्याम पनि कमसल छ । सानो भवनामा पनि बगिहाल्छ । दीपाश्रीको आँशु प्रभाव पार्ने गरेको देखिन्छ । तर, स्वेताको आँशु भने खेर जान्छ धेरै ।

फिल्मको कन्टेन्ट दर्शकको मन हुँडाल्न सक्षम भए दर्शकको आँखा रसाइहाल्छ । दर्शकको आँखा रसायो भने फिल्मको व्यापारको लागि शुभ साइत पनि हुन्छ नै । तर कन्टेन्ट र सन्टेन्ट हावा तालमा आँशु बगाउँदा बेक्कार आँशु मात्र खेर जाने हो । यो वर्ष यसरीनै केही अभिनेत्रीको आँशु खेर गयो ।

-शुत्रबार साप्ताहिकबाट

प्रकाशित : बिहिबार, चैत २८, २०७५१४:५५

ह्वातै घट्यो सुनचाँदीको मुल्य!