कुकुरमा चिप्स जडान सकियो अब गाईको पालो

These bovines, oblivious to the traffic of Kathmandu, appear to be best buddies.

काठमाडौं – राजधानीका गाईबस्तु ट्रयाकिङ गरी चिप्स जडान गरिने भएको छ । महानगरक्षेत्रमा छाडा गाईबस्तुको संख्या बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले सबै गाईबस्तुमा चिप्स जडान गर्न लागेको हो ।   आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले समाचार लेखेका छन् ।

गाईबस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईबस्तुमा चिप्स जडान गर्न लागिएको कामपाले जनाएको छ । कामपा नगर प्रहरी महाशाखा प्रमुख डीएसपी धनपति सापकोटाले चालू आर्थिक वर्ष्भित्र सबै गाईबस्तुलाई ट्रयाकिङ गरी चिप्स जडान गर्ने बताए ।

उनले भने– ‘पहिलो चरणमा गाईबस्तुको संख्या यकिन गरी ती गाईबस्तुमा चिप्स जडान गर्ने योजना बनाएका छौ । तथ्यांक संकलन गर्न सबै वडा र परामर्शदातको सहयोग लिने तयारी भएको छ ।’

प्रकाशित : सोमबार, बैशाख ०२, २०७६०१:४२

वीर अस्पतालले किन्यो १ पैसामा अण्डा !