वीर अस्पतालले किन्यो १ पैसामा अण्डा !

काठमाडौं,  अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाइले पत्याउनै नसकिने भाउमा खाद्यान्न गरिद गरेको भेटिएको छ । 

अस्पतालले चिनी, बिस्कुट, तेललगायतका खाद्य सामग्री एक रुपैयाँमा खरिद गरी बिरामीलाई खुवाइने खानाको गुणस्तरमै शंका उब्जाइदिएको छ ।  अस्पतालले वैशाख १ गते रासन सामग्री खरिदका लागि न्यू सुयोग इन्टरप्राइजेजको टेन्डर स्वीकृत गर्यो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

टेन्डरका लागि निवेदन दिने तीन फर्ममध्ये सबैभन्दा सस्तो मूल्यामा सामान दिने सम्झौता अनुसार सुयोगको टेन्डर स्वीकृत भयो । उसले दिएको मूल्यसूची हेर्दा पत्याउनै नसकिने खालको रहेको छ । अहिलेको बजार भाउअनुसार एउटा अण्डाको मूल्य १० देखि १२ रुपैयाँ पर्छ । सुयोगले अस्पताललाई प्रतिअण्डा एक पैसा तोकेको छ।

प्रकाशित : शनिबार, बैशाख १४, २०७६०२:०८

भन्सार कर्मचारी रमिते बनेपछि नुनदेखि सुनसम्म सेटिङमा, तस्करीलाई प्रहरीकै सहयाेग