छोरीको लागि खोजिदिएको दुलाहसँग आमाले विवाह गरेपछि…

एजेन्सी- भन्ने गरिन्छ नि बाँच्नु मात्र पर्छ, जे पनि देखिन्छ; जे पनि सुनिन्छ। यहि उक्तिलाई अर्थ्याउने एक घटना भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा घटेको छ।

विवाहको दिन छोरीले दुलहासँग विवाह गर्न नमानेपछि आमा नै बनिन् दुलही बनेर बिदा भएको भन्दै विभिन्न भारतीय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।

आफूले खोजिदिएको दुलहासँग विवाह गर्न छोरीले विवाहकै दिन अस्विकार गरेपछि ती महिलाले त्यस्तो कदम उठाएको बताइएको छ। पहिला तस्विरमा देखिएको दुलाह र विवाह गर्न आइपुगेका दुलाह छुट्टा-छुट्टै भएको चाल पाएपछि महिलाकी छोरीले विवाह गर्न अस्विकार गरेको मिडियाहरु बताउँछन्।

यस्तो थियो घटना

यसै वर्ष १२ कक्षाको परीक्षा दिएकी १७ वर्षीया युवतीलाई उनकी आमाले एक युवकसंग विवाह तय गरिदिएकी थिइन्। आगरामा बस्ने आफ्नी काकीकी नन्दका छोरासँग विवाग गर्न भन्दै युवतीलाई मनाइएको थियो। मार्च १० तारिखको बेलुकी आगराबाट दुलाहा आइपुगे। वरमाला लिएर स्टेजमा पुगेकी युवती त्यतिबेला चकित भइन् जब उनले विवाह अघि तस्विर देखाइएको व्यक्ति र दुलाह फरक भएको चाल पाइन्।

दुलहातर्फ माला फ्याँक्दै युवती आफू माथि धोका भएको भन्दै चिच्याइन्। अधबैंसे दुलहासंग विवाह नगर्ने जिद्दी गरिरहेकी ती युवतीलाई उनकी आमाले सम्झाउने प्रयास गरिन्। तर जति गर्दा पनि युवती विवाह गर्न राजि भैनन्।

छोरीको लागि तय गरिएको दुलाहसंग आफै गईन् महिला

घटनाको भोलि पल्ट विहान सम्म पनि महिलाले छोरीलाई फकाउने प्रयास गरिन्। जुन असफलनै रह्यो। अन्ततः मार्च ११ बिहान महिलानै दुलाहसंग बेहुली बनेर आगराको लागि रवाना भईन्। छोरीलाई खोजेको दुलाहसंग जाने महिलाको तीन सन्तान रहेका छन् भने उनका श्रीमान ३ वर्ष अगाडी बितेका थिए।

प्रकाशित : बुधबार, बैशाख ११, २०७६१५:०१

संसार चकित पार्ने ६ टन आलुको होटल हेर्नुहोस त, यहाँ एक रात बसेकै लाग्छ यति !