अमेरिकाको इदाहो राज्यस्थित करिब ६ टनको तौलमा आलुको आकारमा एक आरामदायी होटलको निर्माण गरिएको छ। अन्य होटलमा जस्तै खान ,बस्न र सुत्नको को राम्रो सुबिधा रहेको उक्त होटलमा एक रात बसेकै २ सय ४७ डलर यानकी १८ हजार रुपिया तिर्नुपर्ने नियम रहेको छ।
आलुको भित्र २ जना आरामले सुत्न मिल्ने व्यवस्था रहेको छ। यस आरामदायी र अनौठो प्रकारको होटलमा बस्नका लागि हरेक मान्छेहरु उत्साहित हुने गरेका छन र सयौं संख्यामा उक्त होटल भ्रमणको लागि आउनेको संख्या बढ्दो क्रममा रहेको छ।
यस होटलको डिजाईन पनि एकदम आकर्षक तरिकाले गरिएको छ। यस भित्र रहन ,खान, बस्नको राम्रो सुबिधा रहेको छ। आलुको भित्र सानो बाथरुम र किचनको पनि निर्माण गरिएको छ। यसका साथै भित्र बस्दाको समयमा तातो तथा चिसोबाट बच्नका लागि एयरकंडिशनरको समेत व्यवस्था गरिएको छ।