सबै प्रदेश सरकारले ६ दिन सार्वजनिक विदा दिने !

काठमाडौँ : सबै प्रदेश सरकारले यस वर्ष देखि स्थानीय स्थरमा ६ दिन सार्वजनिक विदा दिने भएका छन्।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश स्थापना दिवसको दिन फागुन ३ गते, बकर इद, माघी र माघे सक्रान्तिमा माघ १ र २ गते र जातजाति तथा समुदाय अनुसार स्थानीय बिदा प्रदेशले दिन पाउने निर्णय गरेको हो।

मन्त्रीपरिषदको यो निर्णयसँगै स्थानीय चाडपर्वलाई मध्यनजर गरी स्थानीय तहबाट १ दिन र स्थानीय समुदायमा आधारित थारु समुदायको अवतारी पर्व, मगर समुदायको भूमिया पूजा, मुस्लिम समुदायको रामजाम, जितगढी विजयी उत्सव, भगवती जात्रा जस्ता पर्वमा स्थानीय तहले विदा दिनेछन्।

यसैबीच प्रदेश ५ सरकारले प्राकृतिक विपतमा परेर मृत्यु भएका ५१ जनाका व्यक्तिका परिवारलाई १ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

गत २०७४ फागुन ३ गतेदेखि २०७५ पुस मसान्तसम्म ११ जिल्लामा ५१ जनाको बाढी पहिरो, आगलागी, चट्याङमा परी मृत्यु भएकोमा प्रदेश सरकारले सो राहत रकम वितरण गर्ने भएको हो।

प्रकाशित : बिहिबार, बैशाख १२, २०७६१५:०७

पोखरीमा डुबेर दाजुभाईका ४ छोरीको मृत्यु !