आज बैशाख १६ गते तपाईको दिन कस्तो रहला , हेर्नुहोस आजको राशिफल !

आज मिति बिक्रम सम्बत २०७६ साल बैशाख १५ गते सोमवार तदअनुसार सन् २०१९ अप्रिल २९ तपाईको दिन कसरी बित्ला त ,हेर्नुहोस तपाईको आजको राशिफल !

मेष 

सामाजिक कार्यको पछाडी अधिक समय खर्च हुने छ।  अनावश्यक रुपमा खर्चको मात्रा बढेर जानेछ।  सरकारी क्षेत्रमा सफलता हासिल गर्न सक्ने दिन रहेको छ।  विदेश स्थित शुभ समाचार सुन्न पाइने छ।  आकस्मिक धन लाभ हुन् सक्ने सम्भावना रहेको छ।  प्रवास या पर्यटनको लागि पनि समय उचित रहेको छ।

वृष

व्यापार व्यवसायमा लाग्नेहरुका लागि समय लाभदायक रहेको छ।  नोकरीमा पदोन्नतिको योग रहेको छ।  कार्यलयमा उच्च पदाधिकारीको साथ प्रसस्त मात्रामा पाइने छ। पारिवारिक जीवन सुखमय बित्नेछ।

मिथुन

मानसिक व्यग्रता त शारीरिक थकानको अनुभूति हुनेछ।  कार्यमा सोचे अनुरुपको सफलता मिल्ने छैन।  अनावश्यक खर्चको मात्रामा वृद्धि भएर जानेछ।  प्रतिष्पर्धात्मक कार्यमा सकेसम्म सहभागी नहुदा मा नै राम्रो हुनेछ।समग्रमा तपाईको आजको दिन मध्यम रहेको छ।

कर्कट 

शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइने छ।  खर्चको मात्रा बढेर जानेछ।  पारिवारिक मनमुटावको स्थिति सिर्जना हुन सक्ने भएकाले बिशेष सावधानी अपनाउनु पर्ने छ।  नया कार्यको प्रारम्भ गर्नको लागि शुभ समय रहेको छैन। सरकारी क्षेत्रको कार्यमा पनि हानी नोक्सानी व्यहोर्नु पर्ने छ।

सिंह 

दाम्पत्य जीवनमा सामान्य खटपट हुन सक्ला।  स्वास्थ्यमा  बिशेष ख्याल राख्नु पर्ने छ। सामाजिक क्षेत्रमा मन प्रतिष्ठामा आँच आउन सक्ने छ।  सहकर्मीका साथमा मनमुटाव हुन सक्नेछ।

कन्या 

व्यवसायिक कार्यमाअधिक लाभ प्राप्त हुनेछ। सहकर्मीको साथ र सहयोग पर्याप्त मिल्नेछ।  शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ।  आर्थिक लाभ हुनेछ।  स्वास्थ्यमा क्रमश सुधार भएर जानेछ।  प्रतिष्पर्धामा विजय हासिल गर्न सकिने छ।

तुला 

बोलीको प्रभावकारिता बढेर जानेछ।  बौद्धिक कार्यमा सफलता मिल्नेछ।  परिश्रम गरे अनुरुप कार्यमा सफलता मिल्ने छैन।  स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनु पर्ने छ।  साहित्य लेखनको क्षेत्रमा रुचि बढ्ने छ।

वृच्क्षिक 

शारीरिक एवम मानसिक व्यग्रता तथा अस्वस्थताको अनुभूति हुनेछ। माताको स्वास्थ्यमा परिवर्तन आउनाले चिन्तित हुनु पर्नेछ।  अनावश्यक रुपमा धन तथा मान प्रतिष्ठामा आंच आउन सक्नेछ।  अनिन्द्राले सताउने छ।  पारिवारिक कलह हुन सक्ने भएकाले सावधान रहनु होला।

धनु 

शत्रु परास्त भएर जानेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहेको छ।  नया कार्यको प्रारम्भ गर्ने सु अवसर मिल्नेछ।  परिवारमा सुख शान्ति छाउने छ।  आध्यात्ममा मन जानेछ।  प्रियजनको भेटघाटले मन प्रफुल्लित हुनेछ।

मकर 

परिवारमा अनावश्यक मनमुटाव हुन सक्नेछ सावधान रहनुहोला। अनावश्यक खर्च हुन सक्नेछ।  पढाई लेखाइमा मन जाने छैन।  सकेसम्म आजको दिन आर्थिक कारोवार नगर्दा नै राम्रो हुने छ।  आध्यात्मिक सिद्धि प्राप्त हुने छ।

कुम्भ 

परिवारका साथमा दिन आनन्दपुर्वक व्यतित हुनेछ।  प्रवास तथा पर्यटनको आयोजना हुने छ।  आर्थिक दृष्टिले आजको दिन लाभदायी साबित हुने छ।  आध्यात्मिक क्रियाकलाप्मा मन जानेछ।

मिन 

स्वस्थ्यमा समस्या देखिन सक्ने भएकाले बिशेष ध्यान दिनु होला।  पारिवारिक मनमुटावमा फस्न सकिने सम्भावना रहेको छ।  सकेसम्म आर्थिक कारोवार नगर्दा नै राम्रो हुने छ।  धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।  समग्रमा मिन राशी हुनेहरुको लागि आजको दिन मिश्र फलदायी रहने छ।

 

प्रकाशित : आइतबार, बैशाख १५, २०७६१३:०५

भोलि बैशाख १७ गते, वरुथिनी एकादशी व्रत ! तपाइको दिन कस्तो रहला ?