गर्मीको समयमा शरीरलाई स्वस्थ राख्नका लागि खानपानमा बिशेष ध्यान दिनुपर्ने हुन्छ। यो समयमा खानामा लापरवाहि गर्नाले विभिन्न प्रकारका रोग लाग्न सक्ने खतरा हुन्छ। गर्मीको समयमा पाचन प्रक्रिया कमजोर हुने भएकाले यस मौसममा मसलेदार अनि तेलमा तारेको खानेकुराहरुको भुलेर पनि सेवन गर्नु हुदैन। त्यसैले गर्मीको समयमा हल्का र कम वजनदार खाना खानु पर्छ। यहि समयमा फुड पोइजनिंग हुने समस्या समेत हुन्छ।
गर्मीका समयमा कस्ता तरकारी खानु लाभदायक छ त् ?एकैछिन चर्चा गरौँ
१. फर्सी
फर्सी गर्मीको समयमा खाइने निकै प्रभावकरी तरकारी हो यसमा प्रसस्त मात्रामा खनिज पदार्थ रहेको हुन्छ। प्रोस्टेट क्यान्सर भएकाहरुका लागि यो निकै नै उपयोगी हुन्छ। यसले शरीरमा भएको विषाक्त पदार्थलाई हटाई एसिडिटी र तौल घटाउनमा समेत मदत गर्दछ। फर्सिमा आइरन, फस्फोरस , म्याग्नेसियम लगायत अन्य तत्वहरु समेत हुन्छ।
२. गोलभेडा
हामीले दैनिक खाने खानामा गोलभेडाको प्रयोग गरेको खण्डमा यसबाट निकै फाइदा पुग्ने देखिन्छ। यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाई उच्च रक्तचाप तथा मुटु रोग समेत नियन्त्रण गर्न सहयोग गर्दछ। गोलभेडामा भिटामिन ए , सी , पोटासियम , फाइबर लागयतका अन्य तत्वहरु पनि प्रसस्त मात्रामा पाइन्छ।
३. करेला
तितो करेलामा मिठो गुण लुकेको हुन्छ, यो स्वास्थ्यका लागि निकै लाभदायी छ। करेलामा पाइने फस्फोरसले गर्दा कफको समस्या समेत हटाउन मदत गर्छ। करेलामा पाचन शक्ति मजबुत बनाउछ। यसमा प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट,भिटामिन लगायकाअन्य तत्वहरु पाइन्छ। त्यसैले गर्मीमा तरकारीको रुपमा यसको उपयोगितालाई राम्रो मान्न सकिन्छ।
४. हरियो सिमि
सिमी फोलिक एसिडको राम्रो स्रोत हो। यसमा पर्याप्त मात्रामा भिटामिन ए , सी र बि ६ पाइन्छ। रोग प्रतिरोधी क्षमताको बिकाश गर्न यसमा भएको एन्टीअक्सिडेन्टले बिशेष भूमिका निर्वाह गर्दछ। सिमी कपर ,क्याल्सियम, सिलिकन,बिटा क्यारोटिन, पोटासियम आदिको पनि राम्रो स्रोत हो।
५. लौका
लौका गर्मी समयका लागि शितल र पोषिलो तरकारी हो। एउटा लौकामा लगभग ९६ प्रतिशत पानी हुन्छ। यसमा क्यलोरो कम हुने भएकाले सजिलै पचाउन समेत सकिन्छ। लौकामा फाइबर हुने हुनाले ग्यास्ट्रिक , अल्सर , पयाल्स जस्ता रोगका लागि पनि प्रभावकारी छ। यसका साथै यसले कलेजो स्वस्थ राख्नमा समेत मदत गर्छ।
६. प्याज
प्याजलाई तरकारीको रुपमा मात्र नभई सलाद तथा अन्य कुराहरुमा प्रयोग गर्ने गरिन्छ। यसलाई गर्मीको समयमा अत्यन्तै राम्रो तरकारीको रुपमा लिइने गरिएको छ। गर्मि मौसममा काचो प्याज खानाले लु लाग्ने सम्भावना समेत कम हुन्छ। यसमा पोटासियम। फस्फोरस , म्याग्नेसियम , भिटामिन बि ६ लगायतका अन्य थुप्रै पौष्टिक तत्व समेत पाइन्छ।