रणवीरकी पुर्व प्रेमिका माहिरा गहिरो प्रेम सम्बन्धमा, भयो विवाह गरेको खुलासा !

एजेन्सी , पाकिस्तानी अभिनेत्री माहिरा खानको बिषयलाई लिएर पछिल्लो समयमा चलचित्र बजारमा निकै  नै ठुलो हल्ला चलेको छ।  अभिनेता रणवीर कपुरकी पुर्व प्रेमिका समेत रहेकी महिराले  बिगत लामो समयअघि देखि सलिम करिमको साथमा डेट गरिरहेकी छिन यहाँ सम्म कि यी दुईले टर्कीमा बिवाह गरिसकेको हल्ला चलेको छ तथापी यसको बारेमा भने माहिरा र सलिमले कुनै पनि स्पष्ट जानकारी दिएका छैनन।

विवाहलाई लिएर दुवै पक्षको परिवार सहमत रहेका छन। हालसालै सम्पन्न भएको उनीहरुको पार्टीका केहि तस्बिरहरु  सामाजिक संजालमा भाइरल भईरहेको छ। जहाँ माहिरालाई आकर्षक ड्रेसमा देखिएको छ भने सलिमलाई पनि उनको आकर्षक पहिरनमा देखिएको छ।

महत्वपुर्ण कुरा त के हो भने यो भन्दा पहिले माहिराको नाम बलिवुड अभिनेता रणवीर कपुर संग जोडिएको थियो। त्यति बेला उनलाई रणवीरका साथमा न्युयोर्कको एक रेस्टुरेन्टमा चुरोट पिउदै गरेको देखिएको थियो।जुन तस्बीरकै सम्बन्धमा महिरा ट्रोलको शिकार समेत हुन पुगेकी थिइन्।

माहिराले शाहरुख खानका साथमा चलचित्र  ‘रेस ‘ मार्फत बलिवुड सिने क्षेत्रमा डेब्यु गरेकी हुन् जुन चलचित्रमा उनको अभिनयको खुबै तारिफ समेत भएको थियो।

 

 

 

 

प्रकाशित : बिहिबार, बैशाख १९, २०७६०७:१५

साराको घर अघिबाट क्यामरादेखि भाग्दै गरेका कार्तिकको फोटो सामाजिक संजालमा भयो भाइरल !