साराको घर अघिबाट क्यामरादेखि भाग्दै गरेका कार्तिकको फोटो सामाजिक संजालमा भयो भाइरल !

एजेन्सी , बलिवुड एक्टर कार्तिक आर्यन पछिल्लो समयमा चलचित्र ‘लभ आजकल २’ को छायांकनमा ब्यस्त रहेका छन। उनको साथमा अभिनेत्री सारा अलि खान पनि देखिदै छिन। यसै अवसरमा हालसालै कार्तिक साराको घरको बाहिर क्यामराबाट बच्दै गरेको एक तस्बिर सामाजिक संजालमा भाइरल भएको छ। यहाँ सम्मकी उनले आफ्नो अनुहार छोप्ने प्रयास समेत गरेका थिए।  उक्त तस्बिरमा कार्तिकलाई कालो ट्रयाक सुटमा देखिएको छ।

मिडियाको क्यामेरा  देख्ना साथै उनले आफुलाई हर प्रयास लुकाउने कोसिस गरेका थिए तर उनको यो प्रयास असफल भएको थियो ।  सामाजिक संजालमा राखिएको उनको यस तस्बिरलाई सामाजिक संजाल प्रयोगकर्ताले मन पराईरहेका छन ।

कार्तिकको यस तस्बिरलाई लिएर चौतर्फी चर्चा थाले पछि साराले कार्तिक आफ्नो क्रस रहेको र उनीसंगै डेट गर्न चाहेको कुराको खुलासा गरेकी छिन।

चलचित्रको बारेमा कुरा गर्दा कार्तिक पछिल्लो समयमा इम्तियाज अलीद्वारा निर्देशित चलचित्र लभ आजकल २ को छायांकनमा ब्यस्त रहेका छन।  जहाँ उनलाई साराको साथमा रोमान्स गरेको देख्न पाइने छ। चलचित्रको सुटिंग मुम्बई तथा दिल्लीको रमणीय स्थानमा भईरहेको छ।

 

प्रकाशित : बिहिबार, बैशाख १९, २०७६०८:२५

कलाकारीता छोडेर खोज पत्रकार बन्दै अभिनेता रणवीर सिंह