कलाकारीता छोडेर खोज पत्रकार बन्दै अभिनेता रणवीर सिंह

एजेन्सी , बलिवुडका बाजीराव रणवीर सिंह फिल्मी उद्योगका एक सफल स्टार हुन्।  उनि अभिनित हरेक चलचित्रले चलचित्र बजारमा धमाका मच्चाउदै आइरहेको छ।  रणवीर आफ्नो कुशल अभिनय कलाका कारण सबै चलचित्र प्रेमी दर्शकका  मन जित्न सफल भएका छन। चलचित्र सिम्बाको सफलता पश्चात उनि अभिनित ‘गल्ली ब्वाई’ले पनि बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भएको थियो।

चलचित्रका साथ साथै उनि ठुला ठुला ब्रान्डको बिज्ञापनमा पनि देखिदै आइरहेका छन।  जानकारी अनुसार उनि अब छिटै नै एक बिज्ञापनको लागि खोज मुलक पत्रकारको भूमिकामा देखिने भएका छन। जसलाई अभिनव देव कमर्शियल ले निर्देशन गर्दै छन भने यसमा रणवीरको धमाकेदार अभिनय देख्न पाइने छ।  रणवीर र अभिनव दुबैले उक्त विज्ञापनलाई धमाकेदार बनाउनमा प्रयासरत रहेका छन।

यस एडमा रणवीरको नन स्टप थ्रिलिङ्ग देख्न पाइने छ।  सधै एक्सन अवतारमा देखिने रणवीरका लागि यो भूमिका फरक हुन सक्छ तर पनि उनि यसका लागि जिउ ज्यान दिएर लागि परेका छन।  चलचित्रको  बिषयमा कुरा गर्ने हो भने उनि अभिनित चलचित्र  ८३ छिट्टै नै प्रदर्शन हुने तयारीमा रहेको छ।

 

प्रकाशित : बिहिबार, बैशाख १९, २०७६१२:३४

बरुणको ‘कुली नम्बर वान’ को फर्स्ट लुक सार्वजनिक , यस दिन हुनेछ प्रदर्शन