बरुणको ‘कुली नम्बर वान’ को फर्स्ट लुक सार्वजनिक , यस दिन हुनेछ प्रदर्शन

एजेन्सी , अभिनेता बरुण धवन अभिनित चलचित्र ‘कुली नम्बर वान को रिमेकलाई लिएर पछिल्लो समयमा चलचित्र बजारमा निकै ठुलो चर्चा हुन थालेको छ।  यस चलचित्रमा मुख्य भूमिकामा अभिनेत्री सारा अली खान र बरुण धवनलाई देख्न सकिने छ।  चलचित्रको फर्स्ट लुक हालसालै सार्वजनिक गरि प्रदर्शनको मिति पनि घोषणा गरिएको छ।

चलचित्र अर्को बर्ष २०२० को मे १ मा प्रदर्शनमा आउने  जानकारी गराईएको छ। जुन चलचित्रलाई लिएर अभिनेता बरुण उत्साहित रहेका छन। यो गोविन्दा र करिश्मा कपुर अभिनित सन् १९९५ मा प्रदर्शनमा आएको चलचित्र ‘कुली नम्बर १’ को रिमेक हो। जानकारीमा आए अनुसार यो चलचित्र कुली नम्बर १ को रिमेक भए पनि फरक बिषयबस्तु र फरक कलाकारलाई लिएर निर्माण गरिने छ। त्यसकारण यो चलचित्र ओरिजिनल भन्दा पनि भिन्न हुने बताईएको छ।

यस चलचित्र मार्फत सारा र बरुणलाई एकसाथ चलचित्रको पर्दामा देखिदैछ।  चलचित्रको छायांकन भने जुलाईको अन्त्यतिरबाट थालिने बताईएको छ।

 

 

प्रकाशित : शुक्रबार, बैशाख २०, २०७६०५:३७

करिनाको हट फोटोसुटले मच्चायो तहल्का , तस्बिर भयो सामाजिक संजालमा भाइरल !