करिनाको हट फोटोसुटले मच्चायो तहल्का , तस्बिर भयो सामाजिक संजालमा भाइरल !

एजेन्सी ,बलिवुड अभिनेत्री करिना  कपुरले हालै मात्र एक हट फोटोसुट गराएकी छिन।  जुन तस्बिरमा उनलाई स्टाइलिस देखिएको छ। करिनाले यस तस्बिरका लागि खरानी रंगको गाउन र सोहि अनुसारको मेकअप गरेकी छिन। जुन फोटो उनले इंस्टाग्राममा शेयर गरेकी छिन। जुन तस्बिरले  हाल सामाजिक संजालमा तहल्का मच्चाईरहेको छ।

करिनाको यस्तो फरक खालको लुक्स देखेर उनका फ्यानहरुले प्रसंशा समेत गरेका छन।जुन तस्बिरमा हजारौं लाइक अनि कमेन्ट आइरहेका छन ।  पछिल्लो समयमा करिना विभिन्न चलचित्रको छायांकनमा ब्यस्त रहेकी छिन ।

लामो समयको अन्तराल पछि करिना अभिनेता ईफरान खानका साथमा चलचित्र ‘अंग्रेजी मिडियम’ देखिदै छिन। जुन चलचित्रमा उनले पुलिस अफिसरको भूमिका निर्वाह गर्दै छिन।  इरफान खानका  अलावा करिना छिट्टै नै अक्षय कुमारका साथमा चलचित्र ‘गुड न्यूज’ मा देखिने छिन। चलचित्रलाई राज मेहेताले निर्देशन गर्दै छन भने अक्षय र करिनाका साथमा दिलजीत दोसांझ, कियारा आडवाणी तथा जिमी शेरगिलको पनि चलचित्रमा मुख्य भूमिका रहने छ।

‘गुड न्युज’ डिसेम्बर २७ मा प्रदर्शनमा आउने छ भने चलचित्रको कथाबस्तु विवाहित दम्पति र सरोगेसीमा आधारित रहेको छ। यी दुई चलचित्रको छायांकन पश्चात भने करिना करण जोहर निर्देशित’ तख्त’ मा मुख्य भूमिकामा देखिने छिन। उक्त चलचित्रमा रणवीर सिंह, आलिया भट्ट, विक्की कौशिल, अनिल कपूर जस्ता कलाकारहरुको समेत मुख्य भूमिका रहने कुराको समेत जानकारी गराईएको छ।

 

प्रकाशित : शुक्रबार, बैशाख २०, २०७६०६:४४

भारतको सेटमा कट्रिनाले ६० वर्ष पुरानो कार चलाउँदा मच्चियो तहल्का , हेर्नुहोस तस्बिर