भारतको सेटमा कट्रिनाले ६० वर्ष पुरानो कार चलाउँदा मच्चियो तहल्का , हेर्नुहोस तस्बिर

एजेन्सी , बलिवुड चलचित्र उद्योगकी सफल अभिनेत्री कट्रिना कैफ छिट्टै नै चलचित्र ‘भारत’मा देखिदै छिन।  उनका साथमा अभिनेता सलमान खान पनि एकसाथ चलचित्रको पर्दामा मुख्य भूमिकामा देखिदै छ। यसै सन्दर्भमा हालै मात्र कट्रिनाले आफ्नो इस्टाग्राम अकाउंटमा एक फोटो शेयर गरेकी  छिन जहाँ उनलाई ६० बर्ष  पुरानो कार चलाईरहेको देखिएको छ।उक्त तस्बिरमा उनका साथमा ६० वर्ष पुरानो कारका मलिकलाई पनि देख्न सकिन्छ।  जुन तस्बिर भारत चलचित्रको सेटमा खिचिएको हो।

 

तस्बिर शेयर गर्दै कट्रिनाले ‘मा संग बसेका कारका मालिकले मैले यस कारलाई नियन्त्रण गर्छु भनेर बिश्वास नै गरेका थिएनन  तथापी मैले उनलाई कार ह्यान्डल गर्न सकेको भरोसा दिलाए ‘  भन्दै लेखेकी छिन। जानकारीमा आए अनुसार कट्रिनाले हालै मात्र मोदी मोटर्सबाट नया कार किनेकी छिन। जसको मूल्य करोड भन्दा माथि पर्ने बताईएको छ।  पछिल्लो समय सलमानले पनि ल्याण्ड रोवर गाडी किनेका छन।

चलचित्रकोबिषयमा कुरा गर्ने हो भने कट्रिना अभिनित चलचित्र भारत यहि  मे ५ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ।  जसमा सलमान र कट्रिना बाहेक सुनील ग्रोवर, जैकी श्रॉफ और दिशा पाटनी जस्ता कलाकारहरुलाई मुख्य भूमिका देख्न सकिने छ।  जसलाई निर्देशक अली अब्बास जफरले निर्देशन गरेका हुन् भने चलचित्र भारत कोरियन चलचित्र ‘ओड टु माय फादर’ को रिमेक रहेको बताईएको छ।

 

प्रकाशित : सोमबार, बैशाख २३, २०७६०६:२१

प्रदर्शनको पहिलो सातामा नै उत्कृष्ट व्यापार गर्न सफल बलिवुडका १० चलचित्रहरु, हेर्नुहोस !