प्रदर्शनको पहिलो सातामा नै उत्कृष्ट व्यापार गर्न सफल बलिवुडका १० चलचित्रहरु, हेर्नुहोस !

बाहुबली , २.० जस्ता चलचित्रले बलिवुड सिने नगरीमा धमाकेदार व्यापार गर्न सफल भएका चलचित्रहरु हुन्। त्यसै अन्तर्गत हालै मात्र प्रदर्शनमा आएको चलचित्र ‘अवेंजर्स: एंडगेम’  पनि हो जुन चलचित्र देशका विभिन्न हलहरुमा सफलतापुर्वक प्रदर्शन भईरहेको छ। बलिवुडमा सबैभन्दा बढी कमाई गर्न सफल १० चलचित्रको आंकडा निकाल्दा त्यसमा ३ चलचित्र बलिवुड  भन्दा बाहिरी उद्योगको पर्न जान्छ।

यसै प्रसङ्गमा आज हामी बलिवुडका त्यस्ता १० सफल चलचित्रको बारेमा कुरा गर्न जादै छौं जुन चलचित्रले प्रदर्शनको पहिलो सातामा नै  धमाकेदार व्यापार गर्न सफल  भएका थिए , ति १० चलचित्रहरु कुन कुन हुन् त ? हेर्नुहोस

१. बाहुबली २

सन् २०१७ मा प्रदर्शनमा आएको चलचित्र बाहुबली २ ले प्रदर्शन भएको पहिलो सातामा नै  ३८३. ८७ करोडको व्यापार गर्न सफल ब्लकबस्टर चलचित्र हो।

२. २.०

बर्ष २०१८ मा प्रदर्शित चलचित्र २.० ले पहिलो सातामा १९०.३२ करोडको व्यापार गर्न सफल भएको थियो।

३. अवेंजर्स  एंडगेम

हालै मात्र प्रदर्शन भएको सुपरहिट चलचित्र ‘अवेंजर्स एंडगेम’अत्यधिक कमाई गर्न सफल चलचित्रको तेस्रो स्थानमा पर्छ।  चलचित्रले प्रदर्शनको  ३ दिनमा १८०  करोडको व्यापार गरेको थियो।

४. सन्जु 

बर्ष २०१८ मा प्रदर्शनमा आएको संजय दत्तको बायोपिक चलचित्र सन्जुले प्रदर्शनको पहिलो हप्तामा नै १५३. ९४ करोडको व्यापार गर्न सफल भएको थियो।  जुन चलचित्रमा मुख्य भूमिकामा अभिनेता रणवीर कपुर रहेका छन।

५. दंगल 

सन् २०१६ मा प्रदर्शनमा आएको आमिर खान अभिनित चलचित्र पहिलो हप्तामा सबैभन्दा बढी कमाई गर्ने  मध्ये पाँचौं नम्बरमा पर्दछ।  जुन चलचित्रले पहिलो सातामा नै १४८.३२ करोडको व्यापार गरेको थियो।

पांचवें नंबर पर 'दंगल'

६. टाइगर जिन्दा हैं

छैठौं नम्बरको लिस्टमा सलमान खान र कट्रिना केइफ़ अभिनित  ‘टाइगर जिंदा है’ पर्दछ।  जुन चलचित्र २०१७ मा प्रदर्शनमा आएको सफल चलचित्र हो।  यसले पहिलो हप्तामा नै १४७.०८ करोडको व्यापार गर्न सफल भएको थियो।

छठे पर 'टाइगर'

७. सुल्तान

यस लिस्टको सातौं नम्बरमा सलमान खान अभिनित सुल्तान पर्छ।  जुन चलचित्र सन् २०१६ मा प्रदर्शनमा आएको थियो भने यस चलचित्रले सुरुवाती हप्तामा नै १४५. ६६ करोडको व्यापार गरेको थियो।

सातवें नंबर पर 'सुल्तान'

८. धुम ३

एक सातमा सबैभन्दा बढीको व्यापार गर्न सफल अर्को चलचित्रमा चलचित्र धुम ३ पर्दछ।  जुन २०१३ मा प्रदर्शनमा आएको चलचित्र हो भने यसले एक हप्तामा १३६.३२ करोडको व्यापार गर्न सफल भएको थियो।

 

९. प्रेम रतन धन पायो

सलमान खान अभिनित सुपरहिट चलचित्र प्रेम रतन धन पायोले पनि पहिलो सातामा १३५.९१ करोडको कमाई गरेको थियो।

१०. बजरंगी भाईजान

प्रदर्शनको सुरुवाती दिनहरुमा सबैभन्दा बढीको व्यापार गर्न सफल चलचित्रको सुचिमा सलमान अभिनित बजरंगी भाईजान दशौँ स्थानमा पर्दछ। जुन चलचित्रले प्रदर्शन भएको ३ दिनको बिचमा १३५.६८ करोडको व्यापार गरेको थियो।

प्रकाशित : सोमबार, बैशाख २३, २०७६०९:२५

‘सानो मन’ मा शिल्पा र आयुष्मानले यसरी भाँचे रानु कम्मर हेर्नुहोस (भिडियो सहित )