‘सानो मन’ मा शिल्पा र आयुष्मानले यसरी भाँचे रानु कम्मर हेर्नुहोस (भिडियो सहित )

काठमाडौँ , अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनित चलचित्र सानो मनको  ‘रानु कम्मर’ बोलको गीत  सार्वजनिक गरिएको छ।जुन गीतको कोरियोग्राफी साजन सिंहले गरेका हुन् भने गीतमा आयुष्मान र शिल्पाले रानु कम्मर मर्काएका छन।  यस गीतमा रोमन बज्राचार्य , सिमा राई साथै सुयोग गुरुङको समेत आवाज रहेको छ।

चलचित्रमा योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धको संयुक्त लगानी रहेको छ भने चलचित्रको छायांकन आलोक शुक्ला गरेका हुन्। जुन चलचित्र असार २० गते देखि प्रदर्शनमा आउने तयारीमा समेत छ।

सुयोग गुरुङ निर्देशित लव स्टोरीमा आधारित चलचित्र सानो मनमा आयुष्मान, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट जस्ता विभिन्न कलाकारको मुख्य भूमिका रहेको छ। सुयोगले यसै चलचित्र मार्फतबाट चलचित्र निर्देशनमा डेब्यु गरेका हुन्।

https://youtu.be/ANy6NimqGZ4

प्रकाशित : सोमबार, बैशाख २३, २०७६११:१९

तैमुरको प्रसिद्धिले हैरानी खेप्दै सैफ करिना दम्पती , किन भयो त यस्तो हेर्नुहोस !